सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बुढानिलकण्ठ नगर इसाई समितिको साधारण सभा सम्पन्न

काठमाडौं, २३ अप्रिल २०२२ । बुढानिलकण्ठ नगर इसाई समितिको तेश्रो साधारण सभाबाट पास्टर रामशरण श्रेष्ठलाई अध्यक्षमा पुन निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।

आज बुढानिलकण्ठस्थित विलिभर्स इस्टर्न चर्चमा बसेको साधारण सभामा बुढानिलकण्ठ नगरपालिकामा रहेका अधिकांश चर्चहरुको प्रतिनिधित्व रहेको थियो । रेभ. रविनकाजी बैद्यले परमेश्वरको वचनबाट उत्साहपूर्ण प्रवचन दिनुभएको थियो भने प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ३ का वडा अध्यक्षले यस नगर समितिको साधारणसभाको सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।

नगर इसाई समितिका सचिव डा. जोमेश ओडले कार्य प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष पा. यूहन्ना काप्रीले आयव्यय विवरण पेश गर्नुभएको थियो । त्यस लगत्तै अध्यक्ष राम शरण श्रेष्ठले आफ्नो छोटो मन्तब्य राख्नुभई कार्यसमिति विघटन गर्नुभएको थियो ।

त्यस लगत्तै निर्वाचन समितिले सहमतीय प्रक्रियाबाट १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गरेको थियो । जसअनुसार पहिलेकै कार्यसमितिका अधिकांश पदाधिकारीहरु पुनः दोहोरिनु भएको छ । अध्यक्षमा पा. राम शरण श्रेष्ठ, उपाध्यक्ष फादर दिपेश सुनुवार, सचिव, डा. जोमेश ओड, कोषाध्यक्ष पा. यहून्ना काप्री, सहकोषाध्यक्ष अगुवा अनिता श्रेष्ठ, सदस्यहरुमा क्रमश पा. देव श्रेष्ठ, पा. गोपीलाल श्रेष्ठ, पा. विनोद कटुवाल, पा. दल बहादुर थामी, पा. सुमन श्रेष्ठ, पा. प्रकाश तिरुवा र अगुवा आशा श्रेष्ठ चुनिनुभएको छ । बाँकी पदाधिकारी पछि कार्यसमितिले थप गर्ने अधिकार समेत उक्त साधारण सभाले अधिकार दिएको छ ।

पा. देव श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई खादा लगाई बधाई दिनुभएको थियो भने आशिषको प्रार्थना पा. साइमन गुरुङले अगुवाई गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...