सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाधिस्थल व्यवस्थापन गर्न वन तथा वातावरण मन्त्री विशाल खड्का सकारात्मक

२० अप्रिल २०२२, ललितपुर । वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले ख्रीष्टियनहरूको निम्ति समाधिस्थलको व्यवस्थापन गर्न आफू सकारात्मक रहेको बताउनु भएको छ ।

राष्ट्रिय गिर्जाघर महागुठी (ट्रस्ट) नेपालले भैसेपाटीको ग्रेस होटलमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा राष्ट्रिय गिर्जाघर महागुठी (ट्रस्ट) नेपालका पदाधिकारीहरूलाई मन्त्री खड्काको वाहुलीबाट गिर्जाघर महागुठीको कार्य समितिका ५१ सदस्यीय पदाधिकारीमध्ये ३८ जना पदाधिकारीहरूलाई सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो ।

 

कार्यक्रममा अर्का अतिथि नेकपा एमालेका नेता माननीय सांसद जीवन खड्काले कम्युनिष्टहरूकै कारणले नेपाल धर्मनिरपेक्ष मुलुक भएको बताउँदै आउँदा दिनमा नेपाली जनताले यसको मुल्याङ्कन गर्नु पर्ने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा अधिवक्ता केदार खड्काले धर्मनिरपेक्ष मुलुकमा अल्पसंख्यक ख्रीष्टियनहरूको समाधिस्थलको व्यवस्थापन गर्नु नेपाल सरकारको दायित्व भएको औंल्याउनुभयो । उहाँले अहिलेसम्म नेपाल सरकारले ख्रीष्टियनहरूको लागि भनेर समाधिस्थल व्यवस्थापन गर्न नसक्नु धर्म निरपेक्षताको उपहास भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय गिर्जाघर महागुठीका पदाधिकारीहरूको उपस्थिति थियो । सो कार्यक्रम महागुठी नेपालका सहअध्यक्ष इन्द्र थापाका अध्यक्षतमा सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...