सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

देशैभर पुनरुत्थान महोत्सव सम्पन्न, काठमाडौंमा संयुक्त विशेष शुभकामना

अधिकार मागेर पाइदैन, अब खोस्न तयार हुनुहोस् – रिजवान अन्सारी, पूर्व गृहराज्यमन्त्री

काठमाडौं, १७ अप्रिल २०२२ । आज बैशाख ४ गतेका दिन देशैभर येशू ख्रीष्टले मृत्युमाथि विजयी हुनुभएको सम्झनामा पुनरुत्थान (इस्टर) महोत्सवका कार्यक्रमहरू सम्पन्न भएका खबरहरू प्राप्त भएका छन् ।

काठमाडौं बाहेकका प्रायः जिल्लाहरूमा र्याली सहितको पुनरुत्थान महोत्सवको भब्य कार्यक्रम सम्पन्न भएका छन् । यस वर्ष काठमाडौंमा र्याली नगरिएको भएता पनि नगरपालिकास्तरीय कार्यक्रम सम्पन्न भएको खबर छ । ललितपुर र भक्तपुरमा भने र्याली सहितको भब्य पुनरुत्थान महोत्सव सम्पन्न भएको छ । त्यसैगरी मोसफलमा धेरैजसो जिल्लामा र्याली सहितका विभिन्न कार्यक्रम सम्पन्न भएका खबरहरु प्राप्त भएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय मण्डली संगति नेपाल, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको संयुक्त आयोजनामा पुनरुत्थान विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि पूर्व गृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी हुनुहुन्थ्यो । उहाँले आफ्नो मन्तब्य राख्ने क्रममा अधिकार प्राप्तिका लागि सरकारसँग मागेर मात्र नपाइने भएकोले आफ्ना अधिकार प्राप्तिको लागि अब खोस्न अघि बढ्नु पर्ने कुरा बताउनु भएको छ । संयुक्त पुनरुत्थान महोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्यमन्त्री रिजवान अन्सारीले अल्पसंख्यक धर्मावलम्वीहरुको संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै ख्रीष्टियनहरुको महान उत्सव इस्टरमा नेपाल सरकारको कुनै पनि मन्त्री सहभागी नहुुनुमा खेद प्रकट गर्नुभयो । नेपालको संविधानमा धर्मनिरपेक्षलाई अपव्याख्या गरेकोमा उहाँले आपत्ति जनाउन भयो । अरु देशमा भएको धर्म निरपेक्षताको परिभाषालाई नेपालको संविधानमा पनि धर्मनिरपेक्षताको परिभाषा राख्नु पर्ने टिप्पणी गर्नु भयो ।

सो समारोहमा सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि. गहतराजले ख्रीष्टियनहरुप्रति राज्यले देखाएको व्यवहारबाट आफू आजित भइसकेको र अब त्यस परिपाटीलाई बदल्न आफू राजनीतिमा आएको बताउँदै सबैको प्रार्थना र सुभेक्षा मिल्ने आशा व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा अब राज्यले नेपाली ख्रीष्टियन समुदायलाई ख्रीष्टमसमा दुई दिन तथा गुड फ्राइडे र इस्टरको बेला तीन दिन बिदा दिनु पर्ने माग गर्नुभयो ।

उक्त समारोहमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यवाहक अध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीले परमेश्वरको वचनबाट येशू पुनरुत्थान हुनुभएको सम्बन्धमा प्रवचन दिनुभएको थियो भने एनसिएस नेपालमा महासचिव पा. डिल्लीराम पौडेल, एनसिएफ नेपालका महासचिव पा. शेर ए.सी., युरोपबाट आउनुभएका रेभ. डम्बर अधिकारी, हङकङबाट आउनुभएका , रेभ. प्रकाश सुब्बा लगायत अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट पनि इस्टरको शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको बिच बिचमा विशेष गीत तथा नृत्य पनि प्रस्तुत गरिएको सो कार्यक्रमको समापन उक्त समारोहको अध्यक्षता गरिरहनुभएका एनसिएफ नेपालका अध्यक्ष रेभ. हनोक तामाङले धन्यवादको मन्तब्य राख्नुभएपछि अन्तिम प्रार्थना गर्नुभई समापन गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...