सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बुढानिकण्ठ नगर स्तरीय इस्टर महोत्सव सम्पन्न

बुढानिलकण्ठ, काठमाडौं १७ अप्रिल २०२२ । बुढानिलकण्ठ नगरपालिकाभित्र रहेका चर्चहरूको संयुक्त आयोजनामा आज बैशाख ४ गतेका दिन भब्यताका साथ उल्लासमय वातावरणमा पुनरुत्थान (इस्टर) महोत्सव सम्पन्न भएको छ ।

 

बुढानिलकण्ठ पार्टी प्यालेसमा सम्पन्न भएको उक्त कार्यक्रममा सयौंको संख्यामा विश्वासी जनहरूको उपस्थिति रहेको थियो । बुढानिलकण्ठ नगर इसाई समितिका अध्यक्ष पास्टर रामशरण श्रेष्ठले आफ्नो शुभकामना मन्तब्य राख्नु हुँदै यस महोत्सव कार्यक्रममा उपस्थिति हुनुभएकाहरू बुढानिलण्ठ नगरभित्र रहेका चर्चहरूबाट प्रतिनिधिको रुपमा सहभागी हुनु भएको बताउनुभयो ।

कार्यक्रमका संयोजक पास्टर साइमन गुरुङले इस्टर महोत्सव नेपाली ख्रीष्टियन समुदायले नेपालको विभिन्न ठाउँहरूमा विगत लामो समयदेखि मनाउँदै आइरहेको र यस बुढानिलकण्ठ नगरभित्र पनि विगत लामो समयदेखि मनाउँदै आएको जानकारी गराउनुभयो । विश्वमा रहेका चर्च समुदायले यस दिनलाई भब्यताको साथ मनाउने चलन रहेको बताउनुभयो । “इस्टर” भन्नाले धर्मशास्त्र बाइबल अनुसार “येशू ख्रीष्ट मृत्युबाट तेस्रो दिनमा पुनरुत्थान” हुनु भएको दिनको स्मरण गर्ने र घोषणा गर्ने दिन हो भनेर उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाली भाषामा नेपाली ख्रीष्टियनहरूले रच्नुभएको ख्रीष्टिय भजनहरू गाउनु भएको थियो । पास्टर इन्द्र थापाले धर्मशास्त्र बाइबलबाट प्रवचन दिनुभएको थियो भने विभिन्न पास्टर तथा अगुवाहरूले येशूको पुनरुत्थान (इस्टर) तथा नेपाली नयाँ वर्ष २०७९ को शुभकामना मन्तब्य पनि दिनु भएको थियो । विभिन्न चरणमा प्रार्थनाहरू पनि गरिएको थियो । कार्यक्रममा उपस्थितहरूबाट स्वस्छिक रुपमा भेटी पनि सङ्कलन गरिएको थियो ।

स्मरण रहोस् उपत्यकामा रहेका अन्य जिल्लाहरू ललितपुर र भक्तपुरका चर्चहरूले जिल्ला स्तरीय संयुक्त कार्यक्रम गरिएको थियो भने काठमाडौं जिल्लाका चर्चहरूले भने बुढानिलकण्ठ नगरपालिका भित्रका चर्चहरूले जस्तै गरी नगरस्तरीय कार्यक्रम गरी भब्यताका साथ पुनरुत्थान महोत्सव मनाइएका खबरहरू प्राप्त भएका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...