सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पुनरुत्थान (इस्टर) महोत्सव २०२२ सम्पन्न

ललितपुर, १७ अप्रिल २०२२ । ललितपुरका मण्डलीहरूको आयोजनामा आज ललितपुरको लगनखेल स्थित बुद्धि विकास मण्डलको खेल मैदानमा उपत्यकाब्यापी इस्टर महोत्सव मुल आयोजक समितिले एक भव्य पुनरुत्थान (इस्टर) महोत्सव २०२२ सम्पन्न भएको छ ।

उक्त महोत्सवमा ललितपुरका साथै काठमाडौंका केही भागका मण्डलीहरूको उत्साहजनक सहभागिता रहेको थियो । ललितपुरका विभिन्न स्थानबाट बिहान ७ बजेदेखि निस्किएको इस्टर शान्ति पदयात्रा ललितपुर महानगरका विभिन्न स्थानमा परिक्रमा गरी महोत्सव स्थल लगनखेलस्थित बुद्धि विकास मण्डलमा आइपुगेको थियो ।

सो भव्य महोत्सवमा पाटन क्वाइनोनियाका साथै अन्य मण्डलीहरूका संयुक्त क्वायर झुण्डले भजन तथा कोरसहरू गाएर पुनरुत्थान हुनुभएको प्रभु येशू ख्रीष्टको महिमा कार्यक्रम स्थलभर गुञ्जयमान पार्नु भएको थियो । सो कार्यक्रमको शुरुको प्रार्थना आयोजक मुल समितिका सहअध्यक्ष रेभ. सुमन गुरुङ्गले गर्नु भएको थियो भने पाटन क्वाइनोनियाका वरिष्ठ पास्टर डा. मंगलमान मर्हजनको अगुवाईमा बेलुन उडाएर महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो । आयोजक मुल समितिका सहअध्यक्ष रेभ. रुप नारायण तिमिल्सिनाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने सचिव पा. शुसिल भट्टले गर्नु भएको थियो ।

त्यसैगरी वचनको सेवकाइका लागि प्रार्थना आयोजक मुल समितिका सहकोषाध्यक्ष पा. हिराकाजी मर्हजनले गर्नुभएको थियो भने पाटन क्वाइनोनिया चर्चका वरिष्ठ पास्टर तथा आयोजक मुल समितिका वरिष्ठ सल्लाहकार डा. मंगलमान मर्हजनले प्रभु येशूको पुनरुत्थानसम्बन्धी परमेश्वरको वचनबाट बाँड्दै उपस्थित सबैलाई उत्साहका साथै चुनौती पनि दिनु भएको थियो । उहाँले भन्नुभयो “प्रभु येशूले हामीहरूलाई मुक्ति दिनुभयो र हामीहरूले प्रभुलाई मुक्तिदाताको रुपमा स्वीकार गरी मुक्ति पाएका छौं तर अझै पनि धेरै मानिसहरूले साथै हाम्रा आफ्नै नातागोताहरूले समेत प्रभुलाई ग्रहण गरेका छैनन् । हामीहरूले मुक्ति पाइसक्यौं भनेर स्वार्थी बनी ढुक्क भएर बस्नु हुँदैन र हामीहरूले अरुहरूलाई मुक्तिको सन्देश पुर्याउनु पर्छ र उहाँहरूले पनि मुक्ति पाएको होस् भन्ने सोच राख्नुपर्छ ।”

महोत्सवमा नेवाः ख्रीष्टियन भजन पुचः का नानीहरूले नेवारी भजनमा सुन्दर नृत्य प्रस्तुत गर्नुभएको थियो भने आयोजक मुल समितिका सचिव पा. धनराज घिमिरेले नेपाल राष्ट्रका लागि प्रार्थनामा अगुवाई गर्नुभएको थियो ।

सोहि कार्यक्रममा आयोजक मुल समितिको अनुरोधमा नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सो रक्तदान कार्यमा महोत्सवमा सहभागी धेरै जनाले रक्तदान गर्नुभएको थियो ।

महोत्सव आयोजक मुल समितिका सचिव पा. प्रेमकृष्णा मर्हजनले कुशलताका साथ सञ्चालन गर्नुभएको सो कार्यक्रम केहि सञ्चार माध्यमहरूले प्रत्यक्ष प्रसारण समेत गरिएको थियो भने उक्त महोत्सवको समापन महोत्सवका वरिष्ठ सल्लाहकार डा. महेन्द्र भट्टराईको अन्तिम आर्शिवादको प्रार्थनाद्वारा गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...