सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

तीन पार्टीको एकता घोषणा सभा सम्पन्न

२१ फेब्रुअरी २०२१, ललितपुर । ललितपुरको क्वालिटी ब्यांक्वेटमा आयोजित पार्टी एकता घोषणा सभामा विभिन्न दल, पेशगत संघसंस्था, अधिवक्ता, समाजसेवी, मानवअधिकारकर्मी, धार्मिक तथा आस्थाका समुदायका अगुवा तथा प्रतिनिधिहरूको उपस्थितिमा तीन पार्टीको एकता घोषणा सभा गत फागुन ७ गतेका दिन सम्पन्न भएको छ ।

जनजागरण पार्टीका अध्यक्ष डा. बिपी खनालको अध्यक्षतामा सम्पन्न उक्त सभामा उक्त पार्टीका उपाध्यक्ष तथा युवा विभाग संयोजक द्वारिका श्रेष्ठले उपस्थित सबैलाई स्वागत मन्तव्यका साथ स्वागत गरेपछि तीनवटै दलका प्रतिनिधिहरूले आ-आफ्नो दलका तर्फबाट मन्तव्य राख्दै एकताको खाँचो र गन्तव्यका बारेमा प्रकाश पार्नुभएको थियो । पिपुल्स पार्टी नेपालका संस्थापक अध्यक्ष रोशन खतिवडाले नीति र नैतिकताको राजनीति गरी राष्ट्रको आर्थिक विकासमा लक्षित रहने कुरा बताउँदै गर्दा नयाँशक्ति समाजवादी पार्टी नेपालका संस्थापक अध्यक्ष रामप्रसाद न्यौपानेले सशस्त्र द्वन्द्व हुँदै शान्तिपूर्ण समायोजनमा आइपुगिसक्दा अझै पनि जनताले कष्ट भोग्नुपरेको उल्लेख गर्दै अब हरक्षेत्रमा शुद्धिकरणको खाँचो रहेको बताउनुभयो । जनजागरण पार्टी नेपालका तर्फबाट सहअध्यक्ष सुनिल महर्जनले तमाम विकृति र विसंगतिको अन्त्यका लागि आस्था मतका दलहरू एक भएर अगि बढ्नु पर्ने बताउनुभएको थियो ।

तीन वटै पार्टीका तर्फबाट मन्तव्यपछि वक्ताहरूले पूर्ववत् पार्टीहरूको आ-आफ्ना झण्डाहरूलाई जनजागरण पार्टीको नयाँ झण्डामुनि ल्याएर राख्नुभएको थियो, जसले पार्टीहरूको सहमति सहकार्य हुँदै अब पूर्ण रूपमा सम्मिलित भएको अर्थ दिएको थियो ।

उक्त घोषणा सभाका प्रमुख अतिथि एनसिएफएनका अध्यक्ष तथा अग्रज समाजसेवी सूर्य बहादुर बल (हनोक तामाङ)ले चाणक्य र योसेफजस्ता ऐतिहासिक पत्रहरूको प्रसङ जोड्दै ईश्वरको डर मानेर सेवाभावले अघि बढ्न चुनौती दिंदै शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी विशेष अतिथिका रूपमा एनसिएसका महासचित डिल्लीराम पौडेल, जनता समाजवादी पार्टी गण्डकी प्रदेशका नेता प्रकाशराज बगाले, बालबालिकाहरूकामाझ दुई दशकदेखि काम गर्दै आउनु भएका धनराज घिमिरे, समाजसेवी तथा अधिकारकर्मी राजेन्द्र मल्ल लगायत उक्त समारोहमा पार्टी प्रवेश गरेका जितेन्द्र घिमिरेले समेत मन्तव्य राख्नु भएको थियो ।

 

सो अवसरमा जनजागरण पार्टीमा प्रवेश गर्नु भएका नेकपा माओवादी गण्डकी प्रदेशका नेता तथा समाजसेवी मिलन परियार तथा आमुल परिवर्तन मसिहा पार्टीका केन्द्रिय सदस्य जितेन्द्र घिमिरेलाई पार्टी अध्यक्ष डा. खनालले खदा लगाइ पार्टीमा स्वागत गर्नुभएको थियो ।

जनजागरण पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य विदुर अधिकारीले सञ्चालन गर्नुभएको सो सभाको अन्तमा खासगरी लोकतन्त्र, निर्वाध विचार आस्थासहितको धार्मिक स्वतन्त्रता अनि सबै सीमान्तकृत समुदायको पक्षमा खुल्ला रूपमा विचार राख्दै आएको दल भएको नाताले त्यस्ता वर्ग समुदाय तथा आम नागरिकहरूमा समेत यस दलप्रति विशेष चासो र आशा रहेको हुँदा, कुनै एक समुदाय वा वर्गको हितका लागि मात्रै काम नगर्ने, तर प्राप्त भएका सल्लाह सुझावलाई समेटेर पार्टी अघि बढ्ने प्रतिबद्धताका जनाउँदै सभाध्यक्ष तथा पार्टी अध्यक्ष डा. विपी खनालले सभा समापन गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...