सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बाँकेमा प्रशासनले नै चर्च भत्कायो, ख्रीष्टियन समुदायबाट भयो बिरोध

हरि जिज्ञासु, बाँके २२ जनवरी २०२० । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० गायत्री नगरमा अवस्थित नयाँ बस्ती ख्रीष्टिय चर्च डोजर लगाएर प्रशासनले हालै भत्काएपछि बाँके जिल्ला इसाई समाज र नेपालगञ्ज उपमहानगरपालिका इसाई समाजले जिल्ला प्रशासन कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

 

बाँके इसाई समाजले आदर्श माध्यामिक विद्यालय भन्दा अघि नै त्यस ठाउँमा नयाँ बस्ती ख्रीष्टिय चर्च भएको कुरा प्रस्ट पार्दै, अहिले आधिकारिक रुपमा स्कूलकै नाममा जग्गा भएपनि धार्मिक स्थल जस्तो पवित्र स्थललाई अपमानित रुपमा भत्काइएकोले आफूहरू दुखी भएको र यसले समग्र ख्रीष्टियन समुदायमाथि सरकारी तवरबाट नै प्रहार भएको ठहर गर्दै उक्त चर्चको भवन नेपाल सरकारले नै व्यवस्थित ठाउँ खोजेर पुनःस्थापना गरिदिन आग्रह गर्दै हिजो ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर खारुङ र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर जबराले सो चर्चको भवन बनाउनका लागि आफूहरूले सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

स्मरण रहोस्, बाँकेस्थित नयाँ बस्ती ख्रीष्टिय चर्च भवनमा डोजर लगाइ भत्काएपछि नेपालमा रहेका ख्रीष्टियन समुदायबाट यस कार्यको चर्को रुपमा बिरोध भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...