सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

किर्तिपुर नगरपालिकाले स्वास्थ मापदण्ड अपनाएर संगति सञ्चालन गर्न दिने

काठमाडौं, १० जनवरी २०२१ । किर्तिपुर चर्चेस फेलोसिपले आज आइतबारका दिन स्थानीय जनप्रतिनिधि एवम् सुरक्षा निकायसँग धार्मिकस्थल सञ्चालन गर्ने सम्बन्धमा परामर्श गरेको छ । किर्तिपुर उपत्यकामा रहेका चर्चहरू विगत १० महिनादेखि बन्द रहेकोमा खुलाउन पहल गर्न स्थानीय सरकार एवम् प्रशासनले कस्तो प्रयासहरू गरिएको छ भन्ने सम्बन्धमा परामर्श गरेको हो ।

किर्तिपुर नगरपालिकाका मेयर श्री रमेशकुमार महर्जनको कार्यकक्ष ढोकासीमा भेटघाट तथा साक्षात्कार गर्दै किर्तिपुर चर्चेस फेलोसिपका पदाधिकारीहरूले स्थानीय सरकारसँग परामर्श लिनुभएको हो । सो भेटमा नगरप्रमुख महर्जनले स्वास्थ्य मापदण्ड (हेल्थ प्रोटोकल) अपनाएर चर्चमा प्रार्थना सभा सञ्चालन गर्न सकिने बताउनुभयो । नगरप्रमुख महर्जनले भन्नुभयो – केहि विद्यालयहरू खुलिसकेका छन्, सिनेमा हलहरू पनि खुल्ने क्रममा छन्, त्यसरी नै धार्मिक क्षेत्र पनि सरकारले खुलाउने प्रयास गरिएको छ, स्वास्थ्य मापदण्ड अपनाएर चर्चमा बिना भिडभाड प्रार्थना सभा राख्न सक्नुहुन्छ । यसरी सभा राख्दा कम्तीमा एक मिटरको दुरी, मास्कको प्रयोग र सेनिटाइजर वा अनुयायीहरूलाई हात धुने व्यवस्था अनिवार्य गरिनुपर्ने पनि बताउनुभयो । त्यस्तै फेलोसिपका पदाधिकारीहरूले महानगरीय प्रहरी प्रभाग किर्तिपुरका प्रमुख डिएसपी रुकेश तन्डुकारलाई पनि उहाँको कार्यकक्षमा परामर्श गरेको छ । सो भेटका क्रममा स्वास्थ्य मापदण्ड अपनाएर टोलका अन्य मानिसहरूले असजिलो महसुस नगर्ने गरी चर्च सञ्चालन गर्न सकिने कुरा उहाँले बताउनुभयो ।

सो भेटघाटका क्रममा किर्तिपुर चर्चेस फेलोसिपले आफ्ना अनुयायीहरूले भोग्नुपरेको चिहान लगायतका समस्याबारे पनि मेयर महर्जनको ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा फेलोसिपका पदाधिकारीहरूलाई आफ्नो कार्यकाल सकिनु अगावै ख्रीष्टियन समुदायको जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । सो टोलीमा अध्यक्ष पा. सूर्य कुमार श्रेष्ठ, उपाध्यक्ष पा. कृष्णभक्त महर्जन, सचिव फा. मोहन शर्मा र सदस्य पा. गणेशमान महर्जन सहित चार सदस्यीय टोली परामर्शका लागि गएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...