सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

धरान इसाई पास्टर अगुवा संघमा नयाँ नेतृत्व चयन

धरान, १० जनवरी २०२१ । धरान इसाई पास्टर अगुवा संघले रेभ.जीवन दिप सुब्बाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ ।

 

पुनर्गठित समितिको अध्यक्षमा रेभ.सुब्बा सहित उपाध्यक्षमा पा.कर्ण राई, सचिव पा. शेर बहादुर गुरुङ ,सहसचिव पा.आर.बि. घिसिङ, कोषाध्यक्ष पा.डण्डी केशर थुलुङ र सदस्यमा क्रमशः पा.गजेन्द्र लम्जेल, पा.शिमोन राई,स.पा.बिन्देश्वर चौधरी, पा.महेन्द्र राई, पा.एलिशा सुब्बा, स.पा.धन ब.तामाङ, पा.बिक्रम गजमेर र पा.मनि राई रहनुभएको छ । धरान उप महानगरपालिका अन्तर्गत ७० भन्दा बढी मण्डलीका पास्टरहरूको साझा थलोको रुपमा रहेको संघले घुम्ती पास्टर संगति, झुट्ठा शिक्षा बिरुद्धको सेमिनार र आत्मिक सम्मेलन गर्दै पास्टर तथा अगुवाहरूबिच सेवा पुर्याउँदै आएको निवर्तमान सचिव पा.जगत थुलुङले बताउनुभयो ।

उक्त अधिवेशनको वक्ता पास्टर पर्शु गुरुङले एकतामा शक्ति रहेको र एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउँदै एक पास्टरले अर्को पास्टरलाई सहयोग, सान्त्वना र हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । त्यसैगरी निवर्तमान अध्यक्ष पा.मनि कुमार राईले आफ्नो कार्यकालमा प्रार्थना, सहयोग र सल्लाह प्रदान गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

पा.शेर बहादुर गुरुङले सञ्चालन गर्नुभएको सो अधिवेशन धरान–१५स्थित इम्मानुएल कृपा मण्डलीको सभाहलमा भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...