सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलन सम्पन्न

काठमाडौं, २८ नोभेम्बर २०२० । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रवासी तथा गैह्र आवासीय विभागले आयोजना गरेको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलन हालै सम्पन्न भएको छ ।

हिजो नोभेम्बर २७ तारिखका दिन भर्चुअल विधि जुम एप मार्फत नेपाली समयअनुसार बेलुका ५:३० बजे महासंघको प्रवासी तथा गैह्र आवासीय विभागले आयोजना गरेको दोस्रो शिखर सम्मेलनमा विभिन्न २० देशबाट ५०० जना पास्टर तथा अगुवाहरु जुमबाट प्रत्यक्ष सहभागी हुनु भएको थियो भने फेसबुक लाइभमार्फत करिब १००० जनाले सहभागिता जनाउनु भएको थियो ।

महासंघको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनलाई प्रवासी तथा गैह्र आवासीय विभागका सह प्रमुख डा. प्रकाश मेघी गुरुङ्गले सफलतापूर्वक सञ्चालन गर्नु भएको सो कार्यक्रममा सुरुको प्रार्थना मण्डली समन्वय विभाग प्रमुख रेभ. पा. सोनाम काबोले गर्नुभएको थियो । अष्ट्रेलिया प्रमुख मुना पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो भने लाइभ चर्चको क्वायर झुण्डले आराधनामा अगुवाई गर्नु भएको थियो । नेपाली इसाई मण्डलीका वरिष्ठ पास्टर रोवर्ट कार्थकले चुनौतीपूर्ण वचन बाँड्नुभएको थियो । वचनको सेवा लगत्तै महासंघका सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीले पास्टर रोवर्ट कार्थकलाई धन्यवाद ज्ञापन गर्दै उहाँको लागि प्रार्थनामा अगुवाई गर्नुभएको थियो ।

महासंघका सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रीता थापा काबोले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका बारेमा प्रकाश पार्नुभएको थियो । एनसिएसका अन्तराष्ट्रिय विभाग प्रमुख नारायण खड्काले यस सम्मेलनको सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो भने डा. भोजराज भाटले महासंघ किन आवश्यक छ भन्ने बारे आफ्नो मन्तब्य राख्नुभएको थियो । महासंघका कानुनी सल्लाहकार बुद्ध घिसिङ्गले महासंघकाबारे कानुनी तवरबाट प्रकाश पार्नुभएको थियो । डा. मनोज श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय नेपाली चर्चहरुले महासंघले नेपाली चर्च र नेपाली ख्रीष्टियन समुदायको हकहितका लागि गरिरहेको काममा सहयोग पुर्याउनु पर्नेबारे स्पष्ट पार्नुभएको थियो । एसिया महादेश प्रमुख तथा विभाग सचिव रेभ. पा. राजु बराइलीले अघिल्लो वर्ष हङ्गकङ्गमा सम्पन्न भएको पहिलो अन्तराष्ट्रिय शिखर सम्मेलनका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा नेपाली गीत संगीतका चर्चित गायिका अञ्जु पन्तले विभिन्न भजन गीत गाएर मनोरञ्जनका साथसाथै आफ्नो स्वरबाट प्रभुलाई महिमा दिनुभएको थियो । संगठन विभाग प्रमुख तथा सहअध्यक्ष टेक विक्रम हिताङ्गले सातै प्रदेशका तर्फबाट दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलन सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।

शिखर सम्मेलनको अन्त्यमा प्रवासी तथा गैह्र आवासीय विभागका प्रमुख पा. निमा घिसिङ्गले दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनका सबै पक्षका साथै कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिनुभएको थियो भने युरोप महादेश प्रमुख विशप डम्बर अधिकारीले अन्तिम प्रार्थना गर्नुभएपछि कार्यक्रम प्यानल डिस्कसन सेसनमा प्रवेश गरेको थियो । सहभागीहरुले उठाउनुभएका विभिन्न प्रश्नहरुको उत्तर महासंघका अध्यक्ष सि.वि.गहतराज, सहअध्यक्ष रिता काबो, डा. मनोज श्रेष्ठ, कानुनी सल्लाहकार बुद्ध घिसिङ्ग, प्रवासी तथा गैह्र आवासीय विभागका प्रमुख पा. निमा घिसिङ्ग लगायतले दिनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...