सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ए कता ? नहोस् ख्रीष्टियनबिचको एकता

दिनेश श्रेष्ठ ।

विभिन्न समयमा नेपाली ख्रीष्टियन समुदायको हक, हित र अधिकारका लागि काम गर्ने भन्दै नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय मण्डली परिषद् नेपाल, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल लगायतका विभिन्न संघसंस्थाहरू एकपछि अर्को गर्दै खुले तर यी संघसंस्थाहरूले नेपाली ख्रीष्टियन समुदायको हितका लागि काम गर्नुभन्दा पनि कसले समग्र ख्रीष्टियन समुदायको नेतृत्व गर्ने र आफ्नो पावर बढी छ भनेर देखाउने हर्कत गर्न भन्दा बढी काम गर्न सकेका छैनन् ।

अझ दुःखलाग्दो कुरो, जति पनि ख्रीष्टियन समुदायको हक र हितका लागि काम गर्ने भनि खुलेका संघसंस्थाहरू छन्, तिनीहरूबिच को आधिकारिक र ख्रीष्टियन समुदायको हितका लागि बढी काम गर्ने भनि गरिएको प्रतिस्पर्धा त झन हेर्न लायक नै छ । पछिल्लो उदाहरण पास्टर केशव आचार्यको घटनालाई नै हेर्न सकिन्छ । ती संस्थाहरूले हामी ख्रीष्टियन समुदायको हक र हितका लागि काम गर्छौं भनि भन्नलाई कहिल्यै थाक्दैनन् तर ती संघसंस्थाले हासिल गरेको प्रगति उपलब्धीहिन छ भन्दा फरक पर्दैन, केहीले केही मण्डली बनाउने र केहीले साना ठूला सेमिनार गर्न बाहेकका अनि कोही चाहिँ आफूले राज्यसँग सम्झौता गरेको फुई लगाउन बाहेक अरु केही गर्न सकेका छैनन् । तैपनि ती सबै आफै आधिकारिक संस्था हुँ भनि हुकार गर्न छाड्दैनन् ।

नेपाली ख्रीष्टियन समुदायबिच एकतामा आउन नसक्नुका कारणहरू केलाएर हेर्ने हो भने पहिलो नम्बरमा एकले अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्नु नै मुख्य कारण हो भने आफू नै आधिकारिक र समग्र ख्रीष्टियन समुदायको एक्लो लिग्लेसी हकदार हुँ भन्ने मानसिकताले ग्रसित त्यस संस्थाका नेतृत्व पंक्ति नै हुन् । हुन त ती संस्थाले ख्रीष्टियन समुदायमा एकता आओस् भनेर प्रार्थना सभा राख्न पनि होडबाजी नै गर्दै नआएका पनि होइनन् तर पनि एकतामा आउन चाहिँ किन सकिरहेका छैनन् त ?

ती संस्थाका प्रतिनिधि बसेर वा ती संस्थामा नभएकाहरू मिलेर फेरि अर्को नामको ख्रीष्टियन संस्था खडा गरेर त्यसले समग्र ख्रीष्टियन समुदायबिच एकताको नेतृत्व लिन सक्छ भनेर कसैले ठोकुवा गर्न सक्दैन तर पछिल्लो समय केहि ख्रीष्टियन अगुवाहरूको हर्कत हेर्दा अर्को ख्रीष्टियन नामको संस्था केहि समयमा नथपिएला भनि भन्न सकिन्न । यो प्रयास भनेको भइरहेका ख्रीष्टियन संस्थाको नेतृत्वपंक्तिमा नभएकालाई अर्को नामको संस्थामार्फत नेतृत्वमा पु¥याउने भ¥याङ्ग मात्र सावित हुनेछ । एकतामा आउनका लागि त हामीमा ख्रीष्टको मन हुनुपर्दछ । सेवा लिने होइन तर सेवा दिने हृदय हुनुपर्दछ, आफूभन्दा अरुलाई श्रेष्ठ ठान्ने संस्कार हुनुपर्दछ, येशू ख्रीष्टको सेवाको मोडललाई पछ्याउने मन हुनुपर्दछ, तब मात्र ख्रीष्टियन समुदायमा एकता आउन सक्दछ । होइन भने एकताका नाममा एकताको नारा उरालेर अनेकता थुपार्नु मात्र सिमित हुनेछ ।

तसर्थ ख्रीष्टियन समुदायमा एकतामा ल्याउने हो भने सबैभन्दा पहिले नेतृत्व पंक्तिका अगुवाहरूमा ख्रीष्टको मन हुनुपर्छ । कामको जस लिने होडबाजी होइन तर साँच्चै काम गर्नुपर्छ । प्रभु येशूले हिड्न सिकाउनुभएको मार्गमा हिड्नुपर्छ तब मात्र सबै समस्याको समाधान निस्कने छ । धेरै ख्रीष्ट विश्वासीहरूको कामना यो छ कि ए कता ? नहोस् ख्रीष्टियनबिचको एकता ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...