सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कहाँ नेर चुक्यो हाम्रो नेतृत्व ?

हरि जिज्ञासु । 

हाम्रो सबै भन्दा ठूलो विश्वास भनेकै बाइबल अनुसारको जीवन जिएर मृत्युपछि स्वर्गीय जीवन प्राप्त गर्नु हो । हामी निरन्तर रुपमा मृत्युुपछि स्वर्गीय राज्यको हकदारको बाटोमा लागि परेका छौं ।

‘हाम्रो मृत्युपछि जीवन छ है’ भन्ने सन्देशलाई तुहाउनको लागि राज्यले बिभिन्न खेल खेलिरहेको छ । इसाई समुदायका ब्यक्तिहरूलाई पछिल्लो अवस्थामा गल्ती कम भएतापनि यातना बढी दिएर राज्यले खेदिरहेको छ ।

इसाई समुदायको हितको निम्ति काम गर्ने तीन वटा संस्था छन्, जसले एक अर्काले गरेको कामलाई स्वीकार्न हिच्किचाउँछन् । एउटाले भन्छ ‘हामी त पुरानो पो हो त !’ अर्कोले भन्छ, ‘हैन, हामी मिलेकै त छौं । कहाँनेर घट्नु पर्ने हो ? कहाँनेर बढ्नु पर्ने हो ? हामी तयार छौँ ।’ आखिर जसले जे भने पनि एकता चाहिँ फुस्सा ।

हामीले स्वर्गीय राज्यको कुरा गर्छौं । आत्मिक कुरा गर्छौं । बिभेद गर्नुहुँदैन भन्छौँ । उसो भए के हाम्रो नेतृत्वले सिंगो इसाई समुदायको नेतृत्व गरेर रुकुममा जातीय बिभेद बिरुद्ध घटेको घटनाको प्रतिबेदन तयार गर्न गयो ? अथवा रुकुम जान सकेन रे, एक पटक केहि ब्यक्तिहरूलाई वक्ताको रुपमा ल्याएर एउटा सामान्य कार्यक्रम गरी रुकुम घटनाको बिरोध गर्न सक्दैनथ्यो ? अथवा मान्छे जम्मा गर्न सकेन रे ! पत्रकार सम्मेलन त गर्न सक्थ्यो नि । अरे त्यति पनि गर्न सकेन भने एउटा कपिको पानामा प्रेस विज्ञप्ति त लेख्न सक्थ्यो ! तर गरेन ।

हाम्रो काम समाज रुपान्तरणमा राज्यले अपक्षा गरेको भन्दा बढी हुनु पर्ने हो तर भएन । कालापानी र लिपुलेक मिचिंदा अरु कराए, हाम्रो नेतृत्व दुलोभित्र पसेको मुसो जस्तो भयो । खै सिंगो इसाई समुदायको नेतृत्व गरेर लिपुलेकको बारेमा बोलेको ? कमसेकम अरु नसकेपनि नेपाल सरकारलाइ ज्ञापनपत्र त बुझाउनु पथ्र्यो । त्यति गर्न नसकेपनि विज्ञप्तिसम्म प्रिन्ट गरेपनि हुने नि । अँह भएन ।

पछिल्लो अवस्थामामा देशमा बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ । मृतकका परिवारलाई समवेदना दिएको खैं ? सिंगो इसाई समुदायको नेतृत्व गरेर बाढी पहिरो पिडित राहत कोष खडा गरेको खैं ? यस्ता सामान्य कुरा पनि हामी जस्ता सर्वसाधारणले सिकाउनु पर्छ र ? समाजलाई सकारात्मक मार्गमा हिंडाउनको लागि इसाई समुदायको ठूलो हात भएकाले अगाडी गएर ‘हाम्रो जिम्मेवारी प्रार्थना गर्नु हो, आउनुहोस् देशको लागि प्रार्थना गरौं भनेर मात्रै हुँदैन । मेरो मतलब प्रार्थनासहित फिल्डमा उर्तिने हुनुपर्छ ।

यति धेरै संख्याको नेतृत्वकर्ता भइसकेपछि राज्यसँग गतिलो सम्बन्ध बनाउन सक्नु पर्छ । सरकारले पत्याउन सक्ने बन्नु पर्यो । राज्यले एउटा पास्टरलाई जेल हाल्यो । रिहाइको नाममा पैँसा असुल्यो । आउने समयमा कुनै पनि ब्यक्ति प्रार्थना गरेकै भरमा जेल जानु नपरोस् भनेर सरकारसँग सम्झौता गर्ने कि नगर्ने ? कि भारी रकम तिरेर धरौटीमा छुटाउन मात्र तयार हुने ?

त्यसैले नेतृत्व नै हो भने अलि गतिलो तरिकाले नेतृत्व गर्नुपर्यो, केटाकेटी खेलेको जस्तो काम नगरौं । राम्रो गरौं । राज्यको मन जितौं । समाज सेवा गरौं । समाजलाई माया गरौं । (सत्य कुरा तिता हुन्छन् ।) नेतृत्व गर्न अघि बढ्नुभएका तपाईंहरू राम्रो गर्नुहोस्, सम्पूर्ण नेपाली इसाई समुदाय तपाईंहरूलाई साथ दिन हतार गरिरहेका छन् ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...