सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

संक्रमणकालिन अवस्थामाः हाम्रो यात्रा मिश्रतिर कि कनानतिर

हिरा खड्गी ।

चालिस दिनको मात्रै यात्रा थियो, इस्राएलीहरूलाई प्रतिज्ञाको देश कनानमा पुग्नका निमित्त । पहिलो पुस्ताका कोही पनि मानिस प्रतिज्ञाको देशमा पुग्न पाएनन् । यद्यपि मोशा इस्राएलीहरूका महान अगुवा भएतापनि उनी आफै प्रतिज्ञाको देशमा पुग्न सकेनन् । तिनले मानिसहरूका बिचमा परमेश्वरको अपमान गरेका हुनाले परमेश्वरले मोशालाई कनान देशमा जान रोक्नुभयो । परमेश्वरको योजना अनुसार मोशाले नेबो डाँडाको पिसागा भन्ने टाँकुराबाट कनान देशलाई हेरेर मात्र तिनी त्यहीं मरे ।

जम्मा चालिस दिनको यात्रा गरेर पुगिने ठाउँमा पुग्नका लागि इस्राएलीहरू चालिस वर्षसम्म उजाड स्थानमा भौतारिरहनु पर्यो । तिनीहरूले आश्चर्य कर्महरू सहित धेरै दुःख/कष्ट, गनगन आदि इत्यादी देखेर/भोगेर पहिलो पुस्ताका सबै मानिसहरू सकिए । दोस्रो पुस्ताकाहरूले पनि प्रतिज्ञा गरिएको देश सजिलै प्राप्त गर्न सफल भएका थिएनन् । तिनीहरूमा भएको दासत्वको जीवन, मनोभाव बिचार र सोंच, बानी व्यवहारलाई पुनःनिर्माण गर्नुपर्ने थियो अनि त्यसो हुनका लागि पनि चालिस वर्ष लागेको थियो । ती चालिस वर्ष दासबाट मालिक बन्न लागेको समय थियो । यसको तयारीमा तिनीहरूले लडाईं गर्नु पर्ने थियो । आफ्ना मानिसहरू गुमाउनु पर्ने थियो । परमेश्वरको अगुवाई खोज्नु र उहाँमा भरोसा गर्नुपर्ने थियो । परमेश्वरद्वारा आएको सपान/लक्ष्यलाई पुरा गर्न मोशा, हारून अनि यहोशूहरू जस्ता पात्रले अगुवापनको प्रभावकारी भूमिका निभाउनु पर्ने थियो । अनि जब मानिसहरूले परमेश्वरमा आफ्नो विश्वास र भरोसा राख्न थाले तब यहोशू र तिनका मानिसहरूले प्रतिज्ञा गरिएको देश कनानमा बिस्तारै सफलता हासिल गर्दै गए । यसरी परमेश्वरले अब्राहामको सन्तानलाई दिन्छु भनि प्रतिज्ञा गर्नु भएअनुसार नै इस्राएलीहरूलाई कनान देश दिनुभयो र इस्राएलीहरूले दुध र मह बग्ने देशमा बस्न पाए । तिनीहरू दासत्वको जीवनबाट अधिकार गर्नेहरूको जीवन जीउने परमेश्वरको सन्तान भए । मिश्र देशमा भोगेका कष्टहरूको साँटोमा तिनीहरूको जीवनमा समृद्धि आयो । उजाड स्थानमा गरेको गनगनको साँटोमा आशिष आयो । तिनीहरू फेरि पुनः मिश्र देशमा फर्केर जानु परेन । तपाईं अनि हामी के गर्दै छौं यो देशमा ?

नेपाली ख्रीष्टियन समुदाय र हामी बसेको समाजको अवस्थालाई मध्य नजर गर्दा आज कतै हामी पनि मिश्र देशमै पो छैनौं भन्ने प्रश्न उठेको छ । इस्राएलीहरूलाई चालिस वर्ष मरूभूमिमा आफ्नै कारणले कष्टकर जीवन गुजार्नु परेको थियो । नेपालको वर्तमान ख्रीष्टियन इतिहास विं.सं. २००७ सालमा देशमा प्रजातन्त्र आएपछि मात्र नेपालमा सुसमाचारको ढोका खोलिएको मानिन्छ । त्यसअनुसार अहिलेको वर्तमान नेपालको ख्रीष्टियन इतिहास ७० वर्षको मात्र भएको छ । हामीले अन्दाजी सत्तरी वर्षको समय अवधिमा कतै हाम्रो यात्रा पनि कनानतिर नभएर मिश्र देश वा उजाड स्थानमै पो बिताइरहेका त छैनौं ? कतै हाम्रो स्वभावमा पनि ७० वर्षसम्म आउँदा दासत्वको भूमिकाले त खेलिरहेको छैन ? हाम्रो यात्रा मिश्रतिर हो कि कनान देशतिर हो ?

सत्तरी वर्षे नेपाली ख्रीष्टियन इतिहास भनेर हामी जुन प्रकारले गुणगान गाइरहेका छौं, आफ्नै प्रशंसा गरिहिंडेका छौं । यो सत्तरी वर्षको हाम्रो ख्रीष्टियन इतिहासमा पुग्दै गर्दा हामी प्रतिज्ञाको देशमा जादैछौै कि छैनौं ? दुध र मह बग्ने देश बनाउनलाई हामीलाई अझै कति वर्ष लाग्छ ? के यसमा हाम्रो केहि जिम्मेवारी छ ? यो देशमा हाम्रो सपना के हो ? लक्ष्य के हो ? मेरो प्रश्न छ, हाम्रा अगुवाहरू र म जस्तै साधारण विश्वासीहरूलाई, यो ७० वर्षको समय भित्र हामीले के गर्यौं ? हाम्रा नाति नातिनाहरूले दुध र मह बग्ने देश बनाउनलाई तपाईंले कुन भूमिका खेल्नुभयो भनि प्रश्न गरे भने के हामीसँग त्यसको उत्तर हुनेछ ? अब आउने चालिष वर्षमा हाम्रो लक्ष्य के हुनेछ ? तपाईंहरूको अगुवापनले देश र मानिसहरूलाई कता डोर्याउँदैछ ? के त्यो शक्ति, साहस, आँट अनि जोश तपाईंहरूसँग छ ? उजाड स्थानमा इस्राएलीहरू भौतारिए जस्तै हामी पनि भौतारिरहनु पर्ने समयको अन्दाज छ कि ? कति समयसम्म ? यदि हामीलाई १२० वर्ष लाग्छ भने र यति समय अझै कष्टका साथ कुर्नु पर्ने हो भने तबसम्म तपाईं हामी मध्ये धेरै यो संसारमा हुँदैनौं । हामी सबै असफल त हुने नै छौं र हामी पछिका पुस्ताले पनि गर्न सकेन भने त्यसको जिम्मेवारी हामी सबैको नै हुनेछ । बिशेष गरेर जो आफैलाई अगुवा भनेर पहिचान बनाइ रहेका छन्, तिनीहरूको हुनेछ । यदि हामीहरूले गर्न सक्दैनौं भने अब हाम्रा नाति नातिनाहरूलाई सिकाउनु पर्यो । यदि तपाईंको लिडरसिपले मानिसको जीवन र यो देशलाई अघि बढ्न सहयोग गरेको छैन भने हाम्रो लिडरसिपको बारेमा पुनः बिचार, मुल्याङ्कन गर्नु पर्ने भएको छ । तपाईं केका लागि अगुवा हुनु भएको हो ? तपाईं केको लागि विश्वासी हुनु भएको छ ? यदि तपाईं आफै पनि कुनै अगुवाको अवस्थामा हुनुहुन्छ भने सोच्नुहोस् कि तपाईंका मानिसहरू, मण्डली अनि यो देशलाई मिश्रतिर कि कनान देशतिर डोर्याइरहनु भएको छ ?

तपाईंको अगुवापनले देशमा आशिष ल्याउन सक्दछ अनि तपाईंको अगुवापनले देशमा श्राप पनि ल्याउन सक्दछ । परमेश्वरले दिनुभएको सु-समाचारका सारा हात-हतियार धारण गरेर खडा हुन सक्नलाई आ-आफैले तयारी गर्नु जरूरी भएको छ । संकटको यो परिस्थितिहरूमा समृद्धिका अवसरहरू सृजना गरी दुध र मह बग्ने देश बनाउनलाई विश्वास र दृढ संकल्प चाहिन्छ । जुन परमेश्वरबाट मात्रै आउँछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...