सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लेख: हामीमाथि शासन गर्ने परमेश्वर हुनुहुन्छ भाइरस होइन

केपी अधिकारी, ललितपुर ।

डिसेम्बर ३१, २०१९का दिनदेखि मानव जीवनलाई केही कुराहरू सिकाउनलाई चीनबाट सुरु भएर आजका दिन सम्म २१० राष्ट्रहरूमा भ्रमण गरी मानव जीवनको व्यस्ततालाई उछिनेर बेचैन बनाई दिएको कोरोना भाइरसले हामीलाई धेरै कुरा सिकाइरहेको अनुभुति भएको छ ।

आजको दिनसम्म विश्वमा तथ्याङ्क हेर्दा यो भाइरसको कारण २६ लाख भन्दा बढी मानिसहरू संक्रमित भएका छन् भने १ लाख ८३ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ । साथै ७ लाख मानिसहरू भने उपचार पश्चात निको भएका छन् । संक्रमित हुनेको वृद्धि दरलाई हेर्दा केहि समय यसले मानिसलाई पिरोल्ने नै देखिएको छ । विश्वमा रहेका विशेषज्ञहरू, बैज्ञानिकहरू यस भाइरसको प्रतिरोधका लागि के, कस्तो र कसरी अनुसन्धान गरिरहेका छन् र त्यो अध्ययन र अनुसन्धानले कोरोना बिरुद्ध कसरी प्रयोग हुने र यो महामारीलाई अवसान गराउने भन्ने चिन्ताको विषय समस्त विश्वका मानिसहरूमा छाएको छ । यसले निम्त्याएका स्वास्थ्य, सामाजिक, आर्थिक, मानसिक र मनोबैज्ञानिक चिन्ता र समस्याहरूले ग्रस्त यो संसारमा मानिस आज दिनानुदिन शिथिल र निराशावादी बन्दै गइरहेको छ । आज भन्दा ठिक १०० वर्ष अघि यस्तै महामारी ९ज्ज्ञ ल्ज्ञ ख्ष्चगक० ले करोडौं मानिसहरूको ज्यान लिएको, अरु प्लेग, बिफर, ईबोला भाइरसजस्ता रोगहरूले पनि बेला बेलामा मानिसहरूलाई धेरै सताइ सकेको थियो । एउटा सत्य कुरा के छ र प्रमाणित भएको छ भने संसारमा जुन सुकै रोग व्याधी आउँदा पनि मानिसले आफ्नो क्षति व्यहोर्नै पर्ने हुन्छ । अनि क्षति पश्चात् मात्र मानिसले रोगलाई हराउने उपाय निकालेको पनि पाईन्छ । यो कोरोना (कोविड(१९) भाइरसले आक्रान्त पारिरहेको र मानव जीवनलाई अत्यन्त चुनौतीमा धकेलिरहेको विषम समयको चक्रमा हामी सबै आज जेलमा जस्तै कारावासको जीवन बिताइरहेका छौं, कसैलाई केहि नभनिकन । मानिसको डर र चिन्ताको मापन गर्ने यन्त्र भएको भए सायद सबैले बेला बेलामा यो नापेर हेर्ने थिए होलान् तर समाजको चालचलन एक सन्नाटामा बितेको छ, घर घरमा, कोठा कोठामा मानिस सिमित भएर कोरोना, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, च्म्त्, एऋच्, सेनिटैजर, साबुन, मास्क, नमस्कार आदि शब्दहरूसँग खेल्दै दिनहरू बिताइरहेको छ । अनि यो गर्नु पर्ने, उसो गर्नु पर्ने, यो काम भएन भन्ने सबै आफ्ना व्यस्तताका योजनाहरू कुण्ठित भएका छन् र सबै यो कोरोनाको समस्या समाधान पछि गरौंला भन्दै थाती राख्नु परेको छ । हाम्रो जनजीवन अब कहिले सामान्य हुन्छ ? भन्ने जिज्ञासा आज विश्व भरिका मानिसहरूमा छाएको यस अवस्थामा जनजीवनका सबै कामहरू थाती राखेर भित्र बस्दा संसारका बहुसंख्यक मानिसहरूले ईश्वरलाई पुकारा गरेका छन्, ईश्वरको हातले बनाइएका सबै थोकहरू अनि मानिस जाति उहाँकै निर्देशनमा मात्र चल्छन् भन्ने सत्यता मानिसले आज पत्ता लगाएको छ र आफ्नो आफ्नो धार्मिक आस्था अनुसार प्रार्थना गरिरहेको छन् । वचन अनुसार (६:८ पद) मानिस त घाँस जस्तै, घाँसको फूल जस्तै छ घाँस ओइलिन्छ र फूल पनि झरिहाल्छ तर वचन सधैभरि रहन्छ, जो परमेश्वरले बोल्नु भएको हो ।

हामी उहाँका परिवारकाहरू भएकोले परमेश्वरले आफ्ना घरानाकाहरूलाई आफ्नो हृदयको नजिकै बोक्नुहुन्छ, आफ्नो बगालको हेरचाह गर्नुहुन्छ (११ पद) । आज हामीमा शासन गर्ने अधिकार केवल परमेश्वरलाई छ, कुनै पनि कोरोना वा अरु नामका भाइरसलाई छैन । परमेश्वरको वचन बाइबल धर्मशास्त्रले यशैयाको पुस्तक ४० अध्यायमा स्पस्ट बोलेको छः पृथ्वीको जग उहाँले बसाल्नुभयो र सो जग बसालेको बेलादेखि नै उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुनुहुन्छ अनि पृथ्वीका राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्छ अनि शासकहरूलाई रद्ध तुल्याउनुहुन्छ (यशैया४०ः२१–२३) । फेरि परमेश्वरको तुलना कुनै थोकसँग र शासनसँग गर्नै मिल्दैन र परमेश्वर त सबै थोकहरू भन्दा माथि हुनुहुन्छ ।

अनि परमेश्वरले हामीलाई सान्त्वना दिनु भएको छ, हाम्रा सबै पापहरू क्षमा गर्नुभएको छ अनि हामीलाई बचाउने योजना पनि बनाउनु भएको छ । अनि हामीलाई बाटो तयार गर्न पनि भन्नु भएको छ । हामी जस्तोसुकै अवस्था आइपरे पनि थाक्ने छैनौं किनभने परमेश्वरले आफ्नो वचन हामीलाई बोल्नुभएको छ, युवक पनि दुर्बल हुन्छन् ,थकित हुन्छन् र लोट्छन् तर उहाँमा आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ (३१पद) । आज हामी संसारमा छौं अनि त्यो भन्दा माथि हामी परमेश्वरका घरानाका हौँ र उहाँकै परिवारका सदस्यहरू हौं । परमेश्वर हाम्रो बुवा हुनुहुन्छ, जसले आफ्ना बालबालिका र सन्तानहरूलाई जस्तो परिस्थितिमा पनि आफ्नो हातले समाल्नुहुन्छ । हामीहरूलाई नयाँ आशा, भविष्य दिनलाई परमेश्वरको महान योजना छ अनि यो परमेश्वरको योजनालाई आज संसारमा सत्रु बनेर मानिसलाई सताएको कोरोना भाइरसले केही पनि गण गर्न सक्दैन र मानिस जातिको रक्षा पुनः स्थापनाका लागि उहाँले आफ्नो समयमा काम गरिरहनु भएको छ । अब मानिसले आफ्ना चालहरू बदलेर उहाँतिर फर्केर आफ्नो देशको लागि, विश्व समाजका लागि निरन्तर प्रार्थना गर्ने समय हो किनभने सारा राज्य, पराक्रम र महिमा उहाँकै हुन् ।

आजको विश्वमा हामीले ३ महिना अघि देखेको र भोगेको जस्तो छैन । आज हाम्रो दैनिक जीवनयापन फेरिएको छ, हामी मण्डलीमा सेवा गर्नु पर्ने मानिसहरू आफ्नो आफ्नो घरमा लकडाउनमा परेका छौं र थुनिएका छौं तर हाम्रो परमेश्वरलाई हामीले यहीबाट आराधना गर्न सक्छौं । अझ हाम्रो आत्मिक जीवन परिपक्क हुनेछ । यस अर्थमा हामी सबैले यो लकडाउनलाई राम्ररी उपयोग गर्ने र परमेश्वरको नजिकतामा पुग्ने अवसरको रुपमा लिनसक्छौं ।

हामीलाई परमेश्वरले आफ्नो वचनद्वारा सान्त्वना दिनु भएको छ । अनि परमेश्वर आफ्नो योजनामा सधैं अटल रहनुहुन्छ । १. परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ । यूहन्ना १६ः३३ २. हामीले हाम्रा विचारहरूलाई परिवर्तन गर्नुपर्दछ । कलस्सी ३ः२, फिलिप्पी ४ः६–८ ३. परमेश्वर हामी सँगै हुनुहुन्छ । भजनसंग्रह २३ः४, मत्ती २८ः२० ४. परमेश्वरले हामीलाई छुटकारा दिनुहुन्छ । भजनसंग्रह ३२ः७, ३४ः१९ ५ं परमेश्वरले हामीलाई पुनस्र्थापना गर्नुहुन्छ । भजनसंग्रह १२६

हामी राजनीतिक प्राणी पनि हौँ र देशको राजनीतिक स्थिरताका लागि, मेलमिलापका लागि र यो विषम परिस्थितिमा एक जुट भएर कोरोना बिरुद्ध लड्नका लागि र विजय प्राप्त गर्नका लागि प्रार्थना गर्न सक्छौं । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भएका मध्ये ७ जना निको भएर घर फर्की सकेको अवस्था छ र हामी सबैको प्रार्थनाका कारण देशमा महामारीको अवस्था आउने छैन । आज हामीले हाम्रा परमेश्वरको आराधना गरौँ, यो अवस्थालाई लिएर प्रार्थना गर्ने मौकाको लागि, विश्व समाजका लागि, हाम्रो देश नेपालको लागि, सरकारका लागि, समस्त मण्डली र विश्वासी जनहरूका लागि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरूका लागि घरमा बसेर निरन्तर प्रार्थना गरिरहनु नै आजको खाँचो हो र सकिन्छ र आफूसँग छ भने यस समयमा दुःख पाएका वरिपरि कोही हुनुहुन्छ भने सहयोग गरौँ र सान्त्वना दिन सकौं ।

आज हामी नेपालमा आफ्नो घरमा लकडाउनको ३१ औं दिनमा छौं र कोरोनालाई पराजित गर्ने यो नियमलाई पालन गर्न अरु थप दिनहरू पनि यसै गरी पालना गरौँ, हामीमाथि कोरोना भाइरसले होइन परमेश्वरले शासन गर्नुहुन्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...