सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ नेपाल अब नेपाल राष्ट्रिय चर्च एलायन्समा परिवर्तन

नेपाल राष्ट्रिय मण्डली संगतिले ६०औं वार्षिकोत्सव र साधारण सभाद्वारा आफ्नो नाम परिवर्तन गर्दै नेपाल राष्ट्रिय मण्डली एलायन्स (National church alliance of Nepal) राख्दै ३ दिने सभा हालै सम्पन्न गरेको छ ।


एनसिएफ नेपालको ललितपुरको सानेपास्थित आराधना मण्डलीमा हालै सम्पन्न भएको ६०औं वार्षिकोत्सव तथा साधारण सभाको अन्तिम दिन हिजो असोज ३० गतेका दिन विधिवत रुपमा आफ्नो नाम परिवर्तन गरेको हो । सो सभामा एनसिएफ नेपालको दायरालाई फराकिलो पार्दै, झुट्ठा शिक्षा बाहेकका बिभिन्न साम्प्रदायिक मण्डली तथा स्वतन्त्र मण्डलीलाई आबद्द गर्दै विश्व मण्डलीसँग एकाकार हुँदै अघि बढ्ने उद्देश्यले नयाँ नाम राखिएको अध्यक्ष रेभ.हनोक तामाङले बताउनुभयो ।

उहाँले नेपाल राष्ट्रिय मण्डली एलायन्सले आउने दिनहरूमा नेपालका मण्डली र संघ संस्थासँग सम्बन्ध, संगति र सहकार्य गर्दै अघि बढ्ने जानकारी दिनुभयो । त्यसैगरी महासचिव पा.शेर बहादुर ए.सी.ले ऐतिहासिक फड्को मार्दै परमेश्वरको महिमाको निम्ति अग्रजहरूको अतुलनीय योगदान र परमेश्वरको अनुग्रहले नेपाल राष्ट्रिय मण्डली संगति ६०औं बर्ष पुरा गर्न सफल भएको बताउँदै, अब नयाँ नामसँगै नयाँ चुनौती र अवसरहरूलाई आत्मसात गर्दै अघि बढ्ने छ भनेर सभामा उपस्थितहरूमाझ बताउनुभयो । केन्द्रीय सहसचिव रेभ.हिमाल राई (जोसेफ)ले २०७६ असार ९ गते बसेको नेपाल राष्ट्रिय मण्डली संगतिको कार्यकारिणी समितिको निर्णय यस ६०औं वार्षिकोत्सव तथा साधारण सभामा अनुमोदनका लागि नयाँ नाम र बिधान संशोधनको प्रस्ताव पेश गरे लगत्तै उपस्थित सदस्यहरूबाट त्यस प्रस्तावलाई अनुमोदन गरिएको थियो ।


तीन दिनसम्म चलेको त्यस सभामा मुख्य वक्ताको रुपमा प्रथम पटक नेपाल आउनु भएका वल्ड इभान्जेलिकल एलायन्स (WEA)का महासचिव इफ्राइम एम.टेण्डेरोले तीन दिनसम्म नै ख्रीष्टियन एकता र असल साक्षीको बारेमा बताउनुभएको थियो । सो सभामा अन्य वक्ताका रुपमा नेपालका बरिष्ठ पास्टर रोबर्ट कार्थक, रेभ.एडोन रोगोंग, डा.मंगलमान महर्जन, रेभ.प्रकाश सुब्बा , रेभ.दिलीप क्षेत्री, डा.सिमोन पाण्डे, पास्टर टेक बहादुर दाहाल, पा. जोसेफ श्रेष्ठ वक्ताको रुपमा रहनुभएको थियो भने पास्टर देव कुमार क्षेत्री र पास्टर राजेन्द्र मल्लले पनि सहभागीहरूलाई समय सापेक्ष शिक्षा दिनुभएको थियो ।


गत असोज २८ गतेदेखि ३० गतेसम्म चलेको सो ६०औं वार्षिकोत्सव तथा साधारण सभामा नेपालका सातै प्रदेशबाट ४०० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...