सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ नेपालको ६०औं वार्षिकोत्सव समारोह शुरु

२०७६ असोज २८ गते, ललितपुर । नेपाली मण्डलीहरूको इतिहासमा एक गौरवमय इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र नेपाली मण्डलीहरूको ठूलो छाता संगठनका रुपमा चिरपरिचित नेपाल राष्ट्रिय मण्डली संगति (एन.सी.एफ.नेपाल)को आफनो ६०औं वार्षिकोत्सवको एक समारोह आज सानेपास्थित आराधना चर्चमा शुरु भएको छ ।


सो उद्घाटन समारोहमा एन.सी.एफ. नेपालका अध्यक्ष रेभ. सूर्य बहादुर बल तामाङले सहभागी सबैलाई स्वागतको मन्तब्य राख्नुहुँदै यस वार्षिक उत्सव तथा साधारण सभाले नेपाली मण्डलीमा उत्साह र भविष्यको लागि मार्गदर्शन प्रदान गर्ने कुरामा आपूm विश्वस्त रहेको बताउनुहुँदै एनसिएफ नेपाल सबै नेपाली मण्डलीको साझा थलो थियो र रहिरहने विश्वास व्यक्त गर्नुभयो । सो समारोहमा नेपाल इसाई मण्डली, काठमाडौंका वरिष्ठ पास्टर रोवर्ट कार्थकले परमेश्वरको वचनबाट बोल्नुहँुदै सहभागी सबैलाई उत्साह प्रदान गर्नु भएको थियो । त्यसैगरी एनसिएफ नेपालका प्रथम महासचिव डा. तिर्थ थापाले एनसिएफ नेपालको इतिहास प्रस्ट्याउनु भएको थियो । नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले एनसिएफ नेपालले गौरवमय ६०औं वर्षसम्म नेपालका मण्डलीहरूमा सेवा प्रदान गरेकोमा बधाई दिँदै आगामी दिनमा अझ प्रभावकारी काम गर्न सकोस् भन्ने सुभेक्षा दिनु भएको थियो । त्यसैगरी युनाईटेड मिसन टू नेपालका कार्यकारी निर्देशकले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।


एन.सी.एफ. नेपालका महासचिव पास्टर शेर एसीले सञ्चालन गर्नुभएको सो समारोहमा एनसिएफ नेपालको निमन्त्रणामा पहिलोपल्ट नेपाल आउनु भएका वल्ड इभाञ्जेलिकल एलायन्सका महासचिव इफ्राइम टेन्डेरो प्रमुख अतिथि तथा प्रमुख वक्ता हुनुहुन्छ । उहाँले उद्घाटन सत्र समापन भएसँगै पहिलो सेसनमा बोल्नु भएको थियो भने भोलि र पर्सी पनि उहाँले उत्साहको वचन दिनुहुनेछ ।


६० वर्ष पूरा गरेको अवसरमा आजदेखि असोज ३० गतेसम्म तीन दिने वार्षिकोत्सव तथा साधारण सभा कार्यक्रममा ७ वटै प्रदेशका अध्यक्षहरू, ८ जना पूर्वअध्यक्षहरू तथा अन्य पदाधिकारी र एन.सी.एफ.नेपालमा देशभरबाट आवद्ध भएका मण्डली सदस्यका प्रतिनिधिहरू, पर्यवेक्षकहरू र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ । तीन दिनसम्म चल्ने यस वार्षिकोत्सव तथा साधारण सभाले नेपाली मण्डलीको हितलाई ध्यानमा राखी विभिन्न विषयहरूमा छलफल गरी भावी कार्ययोजना निर्माण गर्ने जनाइएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...