सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नाजरिन चर्चले रजत महोत्सव मनायो

२०७६ असोज २७ गते, ललितपुर । ललितपुरस्थित नाजरिन चर्चले आफ्नो स्थापनाको रजत महोत्सवको कार्यक्रम हिजो ललितपुरको धोविघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ ।


नेपाल बाइबल सोसाइटीका महासचिव पास्टर तेज जिरेलको सुरूको प्रार्थनाबाट शुरु भएको सो समारोह रेभ. फिलेमोन क्षेत्रीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । उक्त समारोहमा नेपाली इसाई मण्डली ज्ञानेश्वर काठमाडौंका वरिष्ठ पास्टर रोबर्ट कार्थकले शिलालेख अनावरण गर्नु भई प्रार्थना गरी संक्षिप्त मन्तव्य राख्नु हुँदै मण्डली परिवार तथा सहभागी सबैलाई उत्साह दिनुभएको थियो ।


नाजरिन चर्चका संस्थापक पास्टर रिन्जी लामाले सहभागी सबैका लागि स्वागत मन्तव्य राख्नु हुँदै नाजरिन चर्चको इतिहासका बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी चेला संगतिका वरिष्ठ पास्टर अब्दिएल मुखियाले हामी सबैलाई समस्याको समाधानको वाहक बन्ने बोलावट छ भनि सहभागी सबैलाई प्रेरणा दिनुभएको थियो ।

स्मरण रहोस् यस नाजरिन चर्च यसै मण्डलीका वरिष्ठ पास्टर रिन्जी लामाले नै शुरु गर्नु भई हालसम्म नेतृत्व गर्दै आउनु भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...