सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ख्रीष्टियन महासंघको १ नम्बर प्रदेश भेला सम्पन्न

२०७६ भदौ ३१ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १ नम्बर प्रदेश भेला महासंघका अध्यक्ष सि.वि. गहतराजको प्रमुख आतिथ्यमा मोरङको पथरीशनिश्चरे–४ स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा पा. एनोज गजमेरको संयोजकत्वमा २३ सदस्यीय १ नं. प्रदेशस्तरीय समिति गठन गर्दै हिजो भदौं ३० गते सम्पन्न भएको छ ।


समितिले आगामी माघ १६ गते राष्ट्रिय ख्रीष्टिन महासंघ नेपालको १ नम्बर प्रदेशको अधिवेशन गर्ने भएको छ भने त्यसअघि प्रदेशका १४ जिल्लामा नै जिल्ला समिति विस्तार गरी सक्ने जनाएको छ । सो समितिको सदस्यहरूमा इन्द्रबहादुर नेपाली, डिल्लीराम पौडेली, धनराज राई, गायत्री प्रसाद थेबे, डिबी सिलास राई, सुकबहादुर राई, बिजय राई, हिमाङ्सु राय, भिम लामिछाने, एडवीन राई, मन खुदाङ, खगेन्द्र श्रेष्ठ, तारा दवाडी, जोन मुर्मु, सरोज राई, पूर्णलाल तामाङ, सूर्य तामाङ, धनकुमार राई, पूर्ण लिम्बु, योगेन्द्र राई, रामु सुवेदी र अविधन राई चयन हुनु भएको जनाइएको छ । महासंघले केन्द्र, प्रवास, प्रदेश, जिल्ला र स्थानीय तहसम्म आफ्नो संगठन विस्तार गर्न पाउने विधानअनुसार नै महासंघको तल्लो स्तरसम्म समिति निर्माणमा जुटेको जनाएको छ ।


सो भेला तथा प्रशिक्षण कार्यक्रमको सभापतित्व राष्ट्रिय ख्रीष्टियन महासंघका १ नं. प्रदेशका प्रमुख तथा उपाध्यक्ष पा. इन्द्र बहादुर नेपालीले गर्नु भएको थियो । कार्यक्रमलाई महासंघका अध्यक्ष सि.बि. गहतराजले नेपालको विकासमा विशेषगरी शिक्षा, स्वास्थ्य लगायत अन्य सामुदायिक विकासमा ख्रीष्टियनहरूले उल्लेखनीय योगदान गरेको चर्चा गर्दै नेपाल सरकारले फौजदारी विधेक तथा अन्य कानुनहरू ल्याएर, झुटो मुद्दाहरू लगाएर दुःख दिने कार्य भएको बताउनु भयो । उहाँले ख्रीष्टियनहरूले पनि सचेत रही अरुले औँला ठडाउन नसक्ने गरी काम गर्नु पर्ने बताउँदै सबै ख्रीष्टियनहरू एकतामा आउनुको विकल्प नरहेको पनि बताउनु भयो ।


त्यसै गरी महासंघका उपमहासचिव तथा प्रवक्ता रेभ. पा. उद्धव चिमोरिया, अर्का उपमहासचि पा. धनराज घिमिरे, सचिव पा. प्रेम कार्की तथा सदस्य सचिव पा. कर्णलाल पाण्डेका साथै ख्रीष्टियन पत्रकार महासंघका अध्यक्ष गिदोन लामिछानेले पनि सभालाई सम्बोधन गर्नु भएको थियो ।
१ नं. प्रदेशमा रहेका अधिकांश जिल्लाहरूका पाष्टर तथा अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको सो सभालाई स्थानीय पाष्टर तथा महासंघको १ नं. प्रदेशका सचिव पा. डिल्लीराम पौडेलीले सञ्चालन गर्नु भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...