सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाली ख्रीष्टियन चलचित्र महोत्सव सम्पन्नः चलचित्र आभास प्रथम

८ भदौ ०७६ ललितपुर । डुलोस मिडियाले हिजो ललितपुरको ग्वार्कोस्थित हेब्जिवाह म्युजिक सिटीमा आयोजना गरेको नेपाली ख्रीष्टियन चलचित्र महोत्सव २०७६ सम्पन्न भएको छ । सो चलचित्र महोत्सवमा प्रतिस्पर्धी आठ फिल्मबाट उज्जवल राईद्वारा निर्देशित आभास नामक फिल्म प्रथम हुन सफल भएको छ ।


नेपाली ख्रीष्टियन इतिहासमा नै पहिलोपल्ट आयोजना गरिएको सो नेपाली ख्रीष्टियन चलचित्र महोत्सवको उद्घाटन प्रमुख अतिथि रेभ. डा. तेज रोक्काले रिवन काटेर उद्घाटन गर्नु भएको थियो । सो नेपाली ख्रीष्टियन चलचित्र महोत्सवमा आठ वटा सर्ट फिल्महरू नोमिनेसनमा परेका थिए । हिजो दिउँसो २ः०० बजेदेखि शुरु भएको सो महोत्सवमा आठ वटा नै फिल्म प्रदर्शन गरिएको थियो । साथै विभिन्न गायक गायिका, साङ्गीतिक व्याण्ड लगायतका कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए । सो अवसरका नेपाली ख्रीष्टियन फिल्मका चर्चित निर्देशक विकासदत्त दुलाललाई सम्मान समेत गरिएको थियो ।


महोत्सवको अन्तमा प्रथम विजेता फिल्म आभाषलाई तीस हजार नगद, अवाड र प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि रेभ. डा. तेज रोक्काले प्रदान गर्नुभएको थियो । त्यसैगरी निर्देशक इसाहाक जवेगु निर्देशित चलचित्र वातु दोश्रो विजेता बन्दै बीस हजार नगद, अवाड र प्रमाण पत्र पाउन सफल भयो भने विरेन्द्र तितुङले निर्देशन गरेको चलचित्र हराएको फूल तेश्रो विजेता बन्दै दश हजार नगद, अवाड र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । पब्लिक च्वाइस अन्तर्गत महोत्सवमा प्रदर्शित फिल्म हेरी दर्शकले बढी रुचाएको फिल्म विवेक राईद्वारा निर्देशित सोह्र सय फिल्मले पाँच हजार नगद, अवाड र प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो ।


हेर्ने दर्शकहरूले खचाखच भरिएको सो चलचित्र महोत्सवमा प्रमुख अतिथि लगायत अन्य विशिष्ट अतिथिहरू पास्टर शामुएल तामाङ, केहि समयअघि प्रदर्शित आप्पा फिल्मका निर्देशक अनमोल गुरुङ, थिर के.सी लगायतकाहरूले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो । आयोजकका अनुसार ७०० सय भन्दा बढी सहभागी भएको सो चलचित्र महोत्सव भब्यताका साथ सम्पन्न भएको छ । स्मरण रहोस् यस चलचित्र महोत्सव कार्यक्रम फिल्म निर्देशक तथा डुलोस मिडियाका निर्देशक रविन गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...