सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अध्यक्षमा पास्टर पासाङ तामाङलाई चयन गर्दै भक्तपुर ख्रीष्टियन समाजको साधारण सभा सम्पन्न

भदौ ८, भक्तपुर ,रेणु वाईबा शनिबार एक समारोहका बीच भक्तपुर ख्रीष्टियन समाजको साधारण सभा सम्पन्न भएको छ । नेपाल सुसमाचारीय मण्डलीमा सम्पन्न साधारण सभाले पास्टर पासाङ तामाङको अध्यक्षतामा ९ कार्यसमिति गठन गरिएको छ भने उपसमितिहरू दिदीबहिनी, जवान र बाल संगतिका ७/७ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

समाजको नवगठित कार्यसमिति अन्तर्गत उपाध्यक्षमा पा. श्याम लामा, सचिव पा. पदम विश्वाकर्मा, सहसचिव पा. रिचन कर्माचार्य, कोषाध्यक्ष पा. तेज विशाल, प्रार्थना संयोजक पा. गोपाल तामाङ साथै सदस्यहरूमा पा. सोनी परियार, पा. डिल्लीप्रसाद चौलागाई र मनिकलाल दोङ त्यसैगरी जवानबाट मिलन नेपाली, दिदीबहिनीबाट रमिला तामाङ र बालसंगतिबाट शर्मिला राई संयोजकमा चयन हुनुभएको हो । नवगठित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।

सभामा पा चन्द्र श्रेष्ठले वचनबाट उत्साह दिनु भएको थियो भने निवर्तमान सचिव पा. सोम तामाङले प्रगति विवरण र कोषाध्यक्ष पा. दावा लामाले आर्थिक प्रतिवेदन साथै उपसमितिहरूले पनि आर्थिक र प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । यसैगरी निवर्तमान अध्यक्ष पा. अशोक कुमार प्रधानले नयाँ कार्यसमिति उद्घोष गर्दै सभामा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने पा. विकास श्रेष्ठको आशिषको प्रार्थनासँगै सभाको बिसर्जन गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...