सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

होसन्ना धापासी मण्डलीको पास्टर तथा अगुवा सम्मेलन सम्पन्न

२०७६ भाद्र ६ गते, काठमाडौं । काठमाडौंको होसन्ना धापासी मण्डलीको आयोजनामा गत भाद्र १ गते देखि ३ गतेसम्म तदानुसार अगष्ट १८–२० तारिखसम्म काठमाडौंको होसन्ना धापासी मण्डलीमा तीन दिने पास्टर तथा अगुवा सम्मेलन सम्पन्न भएको खबर प्राप्त भएको छ ।


सो पास्टर तथा अगुवा सम्मेलनमा पास्टर राजेन्द्र सुन्दास तथा राधिका सुन्दासले ख्रीष्टमा आफ्नो विचारलाई कसरी केन्द्रीत गर्ने अनि परमेश्वर असल हुनुहुन्छ, परमेश्वर भलो हुनुहुन्छ भन्ने विषयमा सिकाउनु भएको थियो । साथै उक्त सम्मेलनमा चेलापनको विषयमा पनि शिक्षा दिइएको थियो ।


उक्त सम्मेलनमा काठमाडौं उपत्यका र उपत्यकाभन्दा बाहिरबाट विभिन्न जिल्लाबाट पास्टरहरूको उत्साहजन सहभागिता रहेको थियो । सम्मेलनमा सहभागीहरूले आफू यस सम्मेलनमा सहभागी भएर व्यवहारिक शिक्षा सिक्ने अवसर पाएको भन्दै उत्साहित भएका थिए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...