सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघ, एनसीएस र एनसीएफले यसरी कार्यगत एकता गरे कसो होला ?

भुवन देवकोटा । अहिले नेपाली ख्रीष्टियन समुदायमा देखिएका दुई धारको द्वन्द्वले प्रभुको महिमा भएको छ जस्तो मलाइ लाग्दैन र हामी कसैको भलाइ यसबाट पक्कै हुनेवाला छ भन्ने आशा पनि कमै गरे हुन्छ । एकताको रटान गरेकाहरू नै कुर्सीको लागि मरिहत्ते गरेका कारण नै हामी यस्तो अवस्थामा आएका हाैं भन्दा कसैले बिमति जनाउला भन्ने पनि मलाइ लाग्दैन । तँ ठूलो कि म ठूलो भनेर सिँगाैरी खेलेको हेर्दा कतिपल्ट हामीलाइ लाज लागेको पक्कै हाे । अझ खतरनाक कुरा त हामीजस्ता युवाहरू त यता न उताका भएका मात्र होइन, त्यही रङ र ढङ्गको अनुसरण गर्दै कित्ताकाट गर्न पनि थालिसकेका छाैं । कसैले म पावलको र कसैले म अपोल्लसको भनेजस्तै भएको छ । पद र प्रतिष्ठाभन्दा प्रभुको वचन अनि समग्र समुदायको हित के हो भनेर हेर्ने फुर्सद नहुँदा भोलि मण्डलीभित्र जातियता, राजनैतिक विचार, आर्थिक हैसियत वा अन्य कुराको पर्खाल पनि खडा हुँदै गरेको हेक्का कसैलाइ छैन । हामी कतिजना मुखभरि पानी भएको माछासमान चुपचाप तमासा हेर्न विवश छाैं ।

अहिलेको अवस्थालाई नियाल्ने हो भने महासंघ राजनैतिक लबिइङमा धेरै व्यस्त देखिन्छ भने एनसीएस र एनसीएफ मण्डलीभित्रका र आत्मिक विषयहरूमा बढी केन्द्रित देखिन्छ । दुवै पक्षको आफ्नै महत्त्व र कार्यादेश छ भनेर मण्डलीको अवस्थाले देखाइसकेको छ । कुनै एउटाले अर्कोलाइ माइनस गरेर अघि बढ्नु सबैको लागि घातक हुन्छ ।

त्यसकारण हामी धेरैले चाहेको कुरो एकता भए पनि त्यो हाललाइ त्यति सम्भव देखिएन, तर कार्यगत एकता भने पक्कै सम्भव छ । महासंघलाइ राजनैतिक पहलकदमी र सरकारी संयन्त्रहरूसित हाम्रा कुराहरू राख्ने कार्यादेश अनि मण्डलीको आत्मिक र सामाजिक विकासमा एनसीएस र एनसीएफले जिम्मा लियो भने ठीकैजस्तो देखिन्छ । त्यसो गर्न सकियो भने एकताको बिजारोपण पनि हुनेथियो । त्यसको लागि महासंघबाट, एनसीएस र एनसीएफबाट स्रोत, सञ्चार, मान्छेहरू आदिको समुचित आदानप्रदान पनि गरेमा अझ लाभदायी हुन्छ । युवापुस्तालाई तपाइँहरूले सही बाटो देखाएको पनि ठहर्नेछ । नत्र आफूले खनेको खाल्डोमा अर्को व्यक्ति पर्दैन भन्ने उदाहरण हामी सबैलाइ थाहै छ ।

“अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्‌ कि ख्रीष्टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्‌,” एफिसी ३ः११, १२

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...