सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका प्रवक्तामाथि अज्ञात समूहबाट कुटपिट

२०७५ साउन ४ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक प्रेस बक्तव्य प्रकाशित गर्दै हिजो साउन ३ गतेका दिन दिउँसो एक अज्ञात समूहले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उप-महासचिव तथा प्रवक्ता पास्टर सागर बैजुमाथि कुटपिट गरिएको घटनाप्रति खेद प्रकट गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सो प्रेस विज्ञप्तिमा सो घटनामा संलग्नहरूको पहिचान गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

हिजो दिउँसो करिब दुई बजेतिर काठमाडौँको एक क्याफेमा बसी कफि पिउदै गर्दा सात जनाको समूहमा रहेको अज्ञात व्यक्तिहरूले पास्टर सागर बैजुलाई हातपात गरेसँगै ज्यान मार्ने र चर्च जलाउने धम्कि समेत दिएको कुरा उहाँले बताउनु भएको छ । अहिले उहाँको अवस्था सामान्य रहेको छ ।

स्मरण रहोस् नेपाली ख्रीष्टियन समुदायमाथि बेला बेलामा यस्ता अज्ञात समूहले कहिले चर्च भवनमा क्षेति पुर्याउने त कहिले व्यक्तिमाथि हमला गर्ने कार्य गर्दै आइरहेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...