सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पादरी गंगा प्रसाद प्रधानको १६७औं स्मृति दिवस मनाइयो

काठमाडौं, पादरी गंगा प्रसाद प्रधानको १६७औं स्मृति दिवसको अवसरमा हिजो ४ जुलाई २०१८ का दिन ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडल्याण्ड रेष्टुरेष्टमा अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया सञ्जालको आयोजनामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । “पादरी गंगा प्रसाद प्रधानले नेपाली पत्रकारितामा दिनुभएको योगदान र ख्रीष्टियन मिडियाले खेल्नु पर्ने भूमिका” नामक सो अन्तरक्रिया कार्यक्रममा विभिन्न चर्चका पास्टर तथा अगुवाहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार लगायत अन्य व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।

पास्टर अब्दियल मुखियाले शुरुको प्रार्थना गर्नु भई शुरु गरिएको सो अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा लेखक समय कुमार रम्तेलले पादरी गंगा प्रसाद प्रधानको जीवनी र उहाँले पु¥याउनु भएका योगदानको चर्चा गरिएको एक कार्यपत्र वाचन गरेर प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा ख्रीष्टियन आर्ट एसोसियसनका अध्यक्ष तथा पादरीका सन्तति पास्टर नागेन्द्र कुमार प्रधानले यस वर्ष मिडिया सञ्जालले पादरी गंगा प्रसाद प्रधानको स्मृतिमा कार्यक्रम राखेकोमा धन्यवाद दिनुहुँदै पादरी गंगा प्रसादले नेपाली ख्रीष्टियन समुदायलाई ठूलो योगदान दिनुभएको छ, त्यसलाई हामीले मुल्याङ्कन गर्नु पर्दछ भन्ने धारणा राख्नु भयो । त्यसैगरी वरिष्ट पास्टर डाक्टर मंगलमान महर्जनले पादरी गंगा प्रसाद प्रधानले सिंगो नेपाली भाषी ख्रीष्टियन समुदायलाई अमुल्य योगदान दिनुभएको छ, त्यसका बारेमा सम्पूर्ण चर्च तथा विश्वासीमा जानकारी नभएका कारण उहाँ र उहाँले पु¥याउनु भएको योगदानको चर्चा ओझेलमा परेको छ । त्यसलाई आत्मसात गरी आजका हामी मण्डलीहरूले उहाँको योगदानको मुल्याङ्कन गर्दै चर्चा गर्नु जरुरी रहेको कुरा ब्यक्त गर्नुभएको थियो भने समाजसेवी डा. तिर्थ थापाले विगत वर्षको कार्यक्रम स्मरण गर्दै स्वर्गीय राजेन्द्र रोंगोनलाई सम्झना गर्नुहुँदै पादरी प्रधानले बहुआयामिक क्षेत्रमा दिनु भएको योगदानको कदर वर्तमान मण्डली तथा ख्रीष्टियन समुदायले गर्न सक्नुपर्ने कुरा औंल्याउनुभयो । एन.सि.एफ. नेपालका अध्यक्ष पास्टर हनोक तामाङले पनि यस सञ्जालले यो कार्यक्रम राखेर पादरीलाई सम्झना गराएकोमा खुशी व्यक्त गर्दै नेपाली मण्डलीलाई उहाँले ठूलो योगदान दिनुभएको छ र उहाँको जीवनबाट हामीले प्रेरणा लिनु पर्ने धारणा राख्नुभएको थियो । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका प्रवक्ता पास्टर सागर बैजुले पादरी गंगा प्रसाद प्रधानले दिनुभएको बहुआयामिक योगदान भुल्न नसकिने छ, तसर्थ उहाँको नाउँमा स्मृति अध्ययन प्रतिष्ठान खोलिनुपर्दछ भन्ने धारणा राख्नुभयो । राजनीतिज्ञ रेभ. येशुजङ्ग कार्कीले आफ्नो धारणा राख्नेक्रममा आफूले पादरी गंगा प्रसादको बारेमा धेरै कुरा सुनेतापनि यस कार्यक्रममा आएपछि उहाँको बारेमा अझै धेरै जान्नुपर्ने कुरा रहेछ भन्नुहुँदै हामीले अग्रज सष्ट्रालाई सम्मान दिनुपर्ने कुरालाई औंल्याउनुभयो । नेपाल ख्रीष्टियन समाजका तर्फबाट धारणा राख्ने क्रममा लेखक बि.पि. खनालले विगतबाट सिकेर वर्तमानमा हामी चनाखो हुनुपर्ने बेला आएको कुरा बताउनुभयो ।

आर. अञ्जन घलेले पादरी गंगा प्रसाद प्रधानले रचना गर्नुभएको तीन वटा गीत गाउनुभयो भने स्तुति प्रशंसामा पनि अगुवाई गर्नुभयो । त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया सञ्जालका महासचिव दिनेश श्रेष्ठले सञ्जालको परिचय दिनुहुँदै यसको आवश्यकता र आगामी कार्यक्रमहरूका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको शुरुवातमा स्वागत मन्तब्य सञ्जालकै सचिव प्रकाश विसुन्केले दिनुभयो भने कार्यक्रमको अन्ततिर उपाध्यक्ष विश्वास थापाले आमन्त्रित सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सञ्जालका सल्लाहकार पास्टर चन्द्रमान नेपालीले आफ्नो छोटो मन्तब्य राख्नुहुँदै कार्यक्रम समापनको प्रार्थनामा अगुवाई गर्नुभएको थियो । स्मरण रहोस् यस कार्यक्रमको कुशल सञ्चालन सञ्जालकै सहअध्यक्ष कुमारसिंह बिष्टले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...