सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

चाइनामा वचन प्रचार गर्दा गर्दै पास्टर चर्चबाट गिरप्तार

१४ असार । चीनको ग्वान्जाउस्थित चर्चमा वचन प्रचार गर्दा गर्दै ३० जना कम्युनिष्ट अधिकारीहरू चर्चभित्र पसेर पास्टरलाई गिरप्तार गरिएको खबर प्राप्त भएको छ । गैरकानुनी तरिकाले चर्च चलाएको र भेला भएको भनेर ज्यादै ठूलो जरिवाना लगाउँदै चर्च बन्द गर्न आदेश दिएको खबर प्राप्त भएको हो ।

१० जुनमा भएको यस घटनाको सम्बन्धमा पास्टर ह्वाङ्ग जियाओनिङ्गले चाइना एडलाई (ChinaAid) दिएको जानकारी अनुसार बाइबलको सन्देश प्रचार गर्दै गर्दा २०-३० जना बाइबल रिफम्र्ड चर्चमा पसे । अनि उनीहरूले चर्च बन्द गर्न आज्ञा गर्दै आइडी कार्ड मागे ।

कम्युनिष्ट अधिकारीहरूको तर्क छ, आराधनाको लागि प्रयोग भएको भवन र कानुनी रुपले दर्ता नगरी चलाएको चर्चले कानुनको दफा ४१ उलङ्गघन गरेको छ । तर पास्टरले यो हस्तक्षप बिरुद्ध परमेश्वरको पक्षमा लड्ने प्रतिज्ञा गरेका छन् । पास्टर ह्वाङ्गले भन्नुभयो कि म बीस वर्षदेखि यो सेवामा छु । मसँग न त घर छ न त कार छ । मलाई केही बाध्यता छैन ।

मानिसहरूले तपाईसँग पैसा पनि छैन, जेल जान डर लाग्दैन ? भनेर प्रश्न गर्दा उहाँले जवाफ दिनुभयो, म कहिल्यै पनि डराउदिन किनभने मलाई मृत्युसगँ कहिल्यै डर लाग्दैन । पास्टर ह्वाङ्गले भन्नुभयो कि अधिकारीहरूले प्रदेश राज्यमा चर्च दर्ता गरेर चलाउन दवाव दिदै आइरहेका थिए । पछिल्लो समय चाइनाको सरकारले भुमिगत चर्चहरूमा पास्टर तथा बिश्वासीहरूलाई पक्राउ गर्ने काम निरन्तर गर्दै आइरहेको छ । केही समय पहिला चर्च सेवा गरेको निहुमा सिचुवान भूकम्पमा परेर मरेका व्यक्तिको लागि सोधपुछ गर्न भनेर पास्टर सहित २०० जनालाई चेङ्गदुबाट पक्राउ गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...