सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अमेरिकामा गोस्पेल म्यूजिक कन्सर्ट भव्यताका साथ सम्पन्न

अमेरिकास्थित हिमालयन बाप्टिस्ट चर्च गेदर्सवर्ग मेरिल्याण्डले अमेरिकी समयअनुसार गत जून १७ तारिख आइतबार बेलुकी गोस्पेल म्यूजिक कन्सर्टको आयोजना गरेको थियो ।

यस चर्चका संस्थापक तथा पास्टर प्रकाशमेघी गुरुङ सो कार्यक्रमको प्रमुख आयोजक हुनुहुन्थ्यो । हिमालयन बाप्टिस्ट चर्चको स्थापना सन् २०१३ मा भएको कुरा त्यस अवसरमा गुरुङले बताउनु भयो । यस चर्चको मुख्य उद्देश्य नेपाली भाषीहरूलाई सहयोग र सेवा पुर्याउने, नेपाली ख्रिस्टियनहरूलाई आफ्नो धर्मको अभ्यास गर्ने स्थान उपलब्ध गराउनु रहेको भन्नुहुदैँ यस संस्थाले सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि लमजुङको ताराचौकमा करिब १८ लाखको राहत वितरण गरेको कुरा उहाँले बताउनु भयो ।

यस कार्यक्रममा वरिपरि रहेका नेपाली चर्चका प्रतिनिधिहरूको पनि उपस्थिति र सहयोग रहेको थियो । पास्टर प्रकाशमेघी गुरुङद्वारा सभापतिको आसन ग्रहणगरी सबैलाई स्वागत गर्दै कार्यक्रम सुरुवात गरिएको थियो । नेपालको इटहरी स्थायी घर भई इटहरी बाप्टिस्ट चर्चका बरिस्ठ पास्टर, हाल अमेरिकाको भ्रमणमा रहनु भएका रेभरेन्ड दानियल सुब्बाले बाइबल धर्मशास्त्रबाट परमेश्वरको जीवित वचनमार्फत हामी मानवहरूलाई सर्वश्रेष्ठ प्राणीका रूपमा परमेश्वरले बनाउनु भएको कुरा बताउनुहुदैँ हामीले उनै परमेश्वरको महिमाको लागि येशु ख्रिस्टलाई आफ्नो जीवनमा निम्त्याउनु पर्ने कुरालाई जोड दिनु भएको थियो । लक्ष्मण र कल्पना पौडेलको गोस्पेल म्यूजिकले उपस्थित स्रोताहरुलाई निकै मनोरञ्जन प्रदान गराउनु भएको थियो ।

साथै लोकल ब्यान्डले पनि आफ्नो राम्रो प्रस्तुति दिएको सो कार्यक्रमको अन्त्यमा नेपालकी चर्चित गायिका अन्जु पन्तको प्रस्तुतिले स्रोताहरू खुशीले रमाएका थिए । अन्जु पन्तको सुमधुर गीतहरू सुनेर उपस्थित स्रोताहरूले सँगै गाउँदै अनि नाचेर निकै मनोरञ्जन लिएका थिए ।

सो कार्यक्रमको सुरुवात नेपाली राष्ट्रियगानबाट सुरु गरिएको थियो भने अन्त्यमा आयोजकका तर्फबाट पास्टर प्रकाशमेघी गुरुङले उपस्थित सबै समुदायका सदस्यहरूलाई, मिडियाकर्मीहरू तथा समुदायका अगुवाहरूलाई धन्यवाद दिदैं कार्यक्रम समापन गर्नु भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...