सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बिल्ली ग्राहमले उनको आफ्नै भाषामा ९९ वर्षको उमेरमा यस पृथ्वीबाट बसाइँ सरेका छन्

इतिहासमा सबैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउने व्यक्ति बिल्ली ग्राहमले उहाँको आफ्नै भाषामा भन्नुपर्दा पृथ्वीबाट बसाइँ सर्नुभएको छ । उनको उनान्सय बर्षको उमेरमा २१ जनवरी २०१८ का दिन यस धर्तीलाई छोडी स्वर्गलाई आफ्नो सधैँको अनन्तको घरमा बसाइँ सर्नुभएको हो । तिनले जीवनमा दुई अरबभन्दा बढी मानिसलाई सुसमाचार सुनाए र तिनको सुसमाचार सुनेर झन्डै ३२ लाख मानिसले येशूलाई व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरेका छन् । संसारका १८५ ओटा राष्ट्रका मानिसहरूले तिनको जीवन परिवर्तन गर्ने सन्देशलाई सुन्ने मौका पाएका छन् । ग्यालप संस्थाले सञ्चालन गर्ने सर्वाधिक प्रशंसित पुरुष र स्त्रीको सूचीमा ग्राहम ख्रिस्टाब्द १९५५ देखि ५५ पटक देखा पर्न सफल भएका छन्, संसारको कुनै पनि व्यक्तिभन्दा बेसी । ग्राहम अमेरिकाका थुप्रै राष्ट्रपतिहरूका आत्मिक सल्लाहकार थिए । खास गरी डी. डेभिड आइजनहावर, लिन्डोन बी. जोनसन र रिचार्ड एम. निक्सोनका घनिष्ठ थिए ग्राहम ।

७ नोभेम्बर १९१८ मा अमेरिकाको उत्तरी क्यारोलिनामा बुबा विलियम र आमा मर्रोबाट बिल्ली ग्राहमको जन्म भएको थियो । परिवारमा जेष्ठ ग्राहमका दुई बहिनी र एक भाइ थिए । बुबाले तिनलाई कृषक बनाउन खोजे तापनि तिनी आमाको प्रभावमा परे जसले तिनलाई हरेक दिन बाइबलको पद कण्ठस्थ गर्न जोड दिन्थिन् ।

क्रुसेड र आत्मिक सभाका लागि चर्चित बिल्ली ग्राहमले १६ वर्षको किशोर अवस्थामा येशूलाई ग्रहण गरे । जागृति सभामा प्रचारक मोर्दक्कै हामद्वारा तोडिएको प्रवचनलाई सुनेर ग्राहमले आफ्नो जीवन प्रभुको निम्ति अर्पण गरेका थिए । सेवा-कार्यको निम्ति आफैलाई तयार पार्न पछि तिनी फ्लोरिडा बाइबल इन्स्टिच्युट र ह्विटन कलेजमा भर्ना भए ।

आफ्नो सेवा-कार्यको आरम्भमा व्यक्त गरेको कथनप्रति तिनी जीवनभरि नै बफादर रहे, “ममा एउटै जोस थियो र त्यो हो, आत्माहरू जित्नु ।” आफ्नो सेवाको पाललाई तन्काउन १९५० मा तिनले बिल्ली ग्राहम इभान्जलिस्टिक एसोसिएसनको स्थापना गरे जुन संस्थाले मिडियामार्फत तिनको सन्देशलाई संसारको कुना-कुनामा पुर्याेउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

१९४३ मा बिल्ली ग्राहमको बिहे रूथ बेलसित भयो जसबाट पाँच जना सन्तान जन्मे ।

१९५९ बाट प्रचारको लागि तिनी विभिन्न देशमा यात्रा गर्न निस्के । तिनी अस्ट्रेलिया, न्युजिल्यान्ड, अफ्रिका, जापान, भारत, सिङ्गापुर, ब्राजिलसाथै मध्यपूर्वका मुलुकहरूसम्म आए । तर साम्यवादी मुलुकमा भने तिनी पहिलो पटक १९६६ मा युगोस्लाभिया पुगे । १९९१ मा साम्यवादको पतनसँगै त्यसको अनुगामी वर्षमा रुसको राजधानी मस्कोको ओलम्पिक रङ्गशालामा पचास हजार दर्शकका माझ प्रचार गर्ने ढोका खोलिएको थियो ग्राहमलाई ।

१९७४ मा लाउसेन अभियानको लागि जोन स्टटसँग सहकार्य गरेर उल्लेखनीय भूमिका निर्वाह गरेका ग्राहमले जीवनमा मनग्गे इनामहरू प्राप्त गरेका छन् । अमेरिकी भूतपूर्व राष्ट्रपति जर्ज बुसले तिनलाई “अमेरिकाका पास्टर” भनेका थिए । ग्राहमका पुस्तकहरू लाखौँको सङ्ख्यामा बिक्री वितरण गरिएका छन् । प्रचारका महानायक ग्राहमको सत्यनिष्ठाको कारणले तिनको आत्मिक मार्गदर्शनलाई पछ्याउन लाखौँलाई उत्साह मिलेको छ । मार्टिन लुथर किङ्ग, बोनो, मोहम्मद अलीसाथै अमेरिकी राष्ट्रपति आइजनहावरदेखि बुससम्मका मानिसहरू ग्राहमबाट प्रेरित थिए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...