सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ग्लोबल मिसन नेपालको मुख्य उद्देश्य नै मण्डली स्थापना गर्ने हो

रेभ. दान पोख्ररेल हाल अमेरिकामा रहनु भई ग्लोबल मिसन नेपाल नामक संस्था शुरु गरी यसै संस्थामार्फत नेपाल लगायत विभिन्न देशका विभिन्न ठाउँहरूमा रहेका नेपालीहरूको बीचमा चर्च स्थापना लगायतका सामाजिक सेवाका काम गर्दै आउनुभएको छ । यहाँ उहाँसँग उहाँले गर्नुभएको सेवकाइका बारेमा गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

तपाईंलाई ग्लोबल मिसन नेपालको कन्सेप्ट कसरी आयो ? बताईदिनुहोस् न ।

ग्लोबल मिसन नेपाल नेपालीले शुरु गरेको सेवकाइ हो । मैले सन् २००१ मा अमेरिका गएर पढ्ने मौका पाएँ । सन् २००६ मा परमेश्वरबाट मलाई अमेकिामा पनि नेपालीहरूकोबीच सेवकाइ गर्नुपर्छ भन्ने दर्शन भयो । सन् २००६ अघि नेपालमा केही मण्डली शुरु गर्ने कन्सेप्ट भए पनि अमेरिका लगायतका ठाउँहरूमा नेपाली मण्डली शुरु भएको थिएन । त्यसपछि सन् २००८ बाट अमेरिकी सरकारले भुटानी शरणार्थीहरूलाई अमेरिका लैजान शुरु ग¥यो । तिनीहरू नेपालमा हुँदा पनि विश्वासी थिए र जहाँ जहाँ गए त्यहाँ नेपाली सेवाहरू शुरु भयो र सन् २००६ देखि २०१७ सम्ममा अमेरिकामा दुई दर्जन जति ठाउँमा संगति शुरु गर्न पाएका छौं । त्यसै समयमा मैले विदेशीहरूसँग मिलेर सन् २०११ बाट नर्थ अमेरिकन मिसन बोर्ड भन्ने मिसनमा काम गर्ने मौका पाएँ । त्यसमा पनि मलाई एसियनहरू इन्डियन, चाइनिज, जापनिजहरूको बिचमा काम गर्ने जिम्मा पाएँ । मैले काम गर्दै जाँदा त्यहाँ दुई वटा कुराहरू थाहा पाएँ । एउटा हामी नेपालीहरू काम गर्न सक्ने रहेछांै, र अर्को मिसन फिल्डमा पनि काम गर्न सक्ने रहेछौं किनकि विश्वासीलाई परमेश्वरले उहाँको महान आज्ञा पालन गर्न बोलाउनु भएको हो । अहिले नेपालीहरू जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ नेपाली सेवकाइ भइरहेको छ । अमेरिकामा नेपालीहरू ५ लाख जति छन्, त्यसमध्येमा १० हजार जति चाहिँ ख्रिस्टियनहरू छन् । अमेरिकामा पुगेका भुटानी बाहेक अरु नेपालीहरू पनि धेरै छन् तर तिनीहरू चाहिँ कमाउनेतिर लागेर सेवकाइमा त्यति देखिंदैन । ग्लोबल मिसन नेपालले एउटा पुलको काम गरिरहेको छ । हामीले प्रवासी नेपालीहरूको बिचमा तालिम दिने गर्दछौं । अमेरिकामा मात्र नभएर सबै राष्ट्रहरूमा नेपालीहरू छन्, त्यहाँ सेवकाइ गर्ने गरेका छौं । यसको मुख्य उद्देश्य भनेको नै मण्डली स्थापना गर्ने हो ।

अहिले सम्ममा विश्वमा कतिवटा देशमा ग्लोबल मिसन नेपाल कार्यरत छ ?

अमेरिका, मलेसिया, जर्मनी, यू के, अस्ट्रेलिया, नेपाल, भारत र भुटानहरूमा उत्साह दिने कामहरूका साथै मण्डली स्थापना पनि भइरहेका छन् । यसको लक्ष्य चाहिँ वर्षमा १० वटा संगति गर्ने योजना हो र अहिले सम्ममा सबै गरेर ६०÷६५ वटा जति भइसकेको छ ।

ग्लोबल मिसन नेपालको मुख्य उद्देश्य चाहिँ के हो ?

ग्लोबल मिसन नेपालको मुख्य उद्देश्य नै मण्डली स्थापना गर्ने हो । यसको माहोल विश्वभरि नै भइरहेको छ । नेपालमा पनि मुख्य गरी तराई भेगमा ३ वटा मण्डली स्थापना भईसकेको छ । जस्तै चेपाङ्ग र थारुहरूको बिचमा भइरहेको छ, तिनीहरूसँग ठूला ठूला घर छैन अनि त्यहाँ शिक्षाको कमी छ र तिनीहरू भारतको सिमाना नजिक छन् र त्यहाँ सुसमाचारको कमी छ । त्यसैले हामीले त्यहाँ जोड दिएका हौं ।मण्डली स्थापनाको कार्य निरन्तर भईरहेको छ । हामीले सामाजिक सेवा पनि गरिरहेका छौं । ठाउँ ठाउँमा विद्यालयहरूमा पनि मेडिकल क्याप गरेका छौं ।

युवाहरूलाई कसरी हेर्नु भएको छ ?

हामीले नयाँ पुस्ताका युवाहरूलाई एकदमै जोड दिन्छौं । तिनीहरूलाई थिओलोजी बाइबलको ज्ञानको तालिमहरू दिने गछौं । तिनीहरूले सेकुलर तिरको पढाईमा पनि जोड दिनु पर्छ । जहाँ गए पनि नेपालीपन चाहिन्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...