सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

विश्वस्तरीय युवा शक्तिको सेल्फि

समयकुमार रम्तेल

युवाहरू महान् शक्ति हुन् । विश्वका शक्तिशाली राष्ट्रहरूमा युवाशक्तिलाई अधिकतम परिचालन गरिन्छ । सर्वपक्षमा युवाहरूलाई जनशक्तिको रुपमा सम्मान गरिएको पाइन्छ । सैन्यबल, आर्मी पुलिस फोर्स, शान्तिसेना मिसन कार्यमा सबै युवाशक्तिलाई परिचालन गरिन्छ । विश्वस्तरमा खेलकुद, कला, व्यापार, कम्पनी, धार्मिक पक्ष, विज्ञान प्रविधि मिडिया, शिक्षा स्वास्थ्य, लगायत सबै पेशागत क्षेत्रमा युवाहरूको मेहनत र परिश्रमले मात्र सफलता मिलेको छ । विश्वका विकसित र सफल राष्ट्र हुनुमा युवाशक्तिलाई कुशल व्यवस्थापन गर्न जानेर नै भएको हो । विश्वमा भएका प्रख्यात, सक्षम र ठूलो मण्डली हुनुको पछाडि लाखौं करोडौं युवाहरूको सक्रिय सहभागिता नै भएको मानिएको छ । हामी सम्प्रदायिक, संघसंगठन र वर्गभन्दा माथि उठेर सेवा गर्ने सोंचको खाँचो छ । अनि आज नेपालमा भएका मण्डलीका ५० प्रतिशत जनसंख्या १६ वर्षदेखि ४० वर्षका युवाहरूले ओगटेको छ । ५० प्रतिशत युवाहरू भएको मण्डलीका करिब १० प्रतिशतले मात्रै विश्वस्तरीय ख्रीष्टियन युवाको धारमा सेवाको काम गरे भने पनि तपाईंको मण्डली १० वर्षमै अर्को स्तरमा पुग्न सक्थ्यो । धेरै मण्डलीको दर्शनमा युवाशक्तिलाई समेटिदैन । त्यसैले मण्डली झन् निस्क्रिय बनिरहेको छ । मैले देखेको कुरो के हो भने युवाशक्तिलाई मण्डलीले प्रयोग गर्ने ठूलो अवसर छ । सक्षम जनशक्ति भनेको युवा शक्ति नै हुन् । उनीहरूको दान वरदान, ज्ञान र सीपलाई मिसन केन्द्रित गरिदिनुहोस् त तपाईंको मण्डली अबको १० वर्षमा कुन उचाईमा हुन्छ । अहिलेको भन्दा कयौं गुणाले संवृद्धि हुनेछ, आज नै सोचौं । सके अहिले नै मनन गरौं । युवाहरूको बिषयमा के, कति, कुन, कहाँ, कहिले, कसरी, किन, जस्ता प्रश्नको जवाफ टिपोट गर्नुहोस् । प्रार्थना, छलफल, कार्ययोजना, रणनीति, कार्यान्वयन, व्यवस्थापन र निर्देशन दिनुहोस् । प्रत्येक हप्ता होइन, प्रत्येक दिन युवाहरूलाई युवा अगुवाको खाँचो छ । वर्तमान समयमा मोबाइल, रेडियो टिभी, फेशन, फिल्म अरु धेरै कुराहरूले युवालाई आकर्षित गरी त्यतै तानिरहेको छ तर मण्डलीले युवाहरूलाई गुमाइरहेको छ । डरलाग्दो गन्तव्य र संसारको राज्यले तानिरहेको छ तर हामीले युवापुस्तालाई गुमायौं भने एकदिन मण्डलीको नेतृत्वपनमा ठूलो खाडल देखा पर्नेछ । नेतृत्वपनमा आएको पुस्तान्तरले मण्डलीलाई दुर्घटनामा पु¥याउँछ, त्यसको प्रत्यक्ष असर नयाँ र पुराना दुवै पुस्तालाई पर्नेछ । त्यसैले विश्वस्तरीय युवा शक्तिको सेल्फि खिचौं । हामी स्थानीय स्तर अर्थात पहिलाको अवस्थाभन्दा माथि उठेर सोचौं । आफू, आÇनो मण्डली, आÇनो सम्प्रदाय, आÇनो संघसंस्था र जिल्ला मात्र भनेर बस्ने कि सिंगो राष्ट्र र विश्वको लागि पनि सोच्ने हो ? हाम्रो आत्मिक स्तरसँगै विश्वस्तरीय सोंच, योजना र काम गर्ने बेला हो यो । जब हामी राष्ट्रिय र अन्तराष्ट्रिय सेवा संगति, सभा सम्मेलनमा भाग लिन्छौं तब हामीलाई विश्वमा युवाहरूको विचमा परमेश्वरको दर्शन र काम देख्दछौं । माथि माथि आकाशमा उडिरहने चिलले जति माथि पुग्दछ त्यति नै ठूलो दृश्य देखेझैं विश्वव्यापी रुपमा परमेश्वरले कसरी युवाहरूलाई प्रयोग गरिरहनु भएको छ भन्ने दर्शन देख्न युवाहरूलाई बञ्चित गर्नुहुँदैन । नेपालबाट हजारौं पाष्टर अगुवाहरू हरेक वर्ष विश्वस्तरीय कार्यक्रममा भाग लिएर आउँछन् तर उपलब्धि एक दुई जना र मण्डलीलाई सेवा पुग्छ । तर विश्वस्तरीय कार्यक्रम नेपालमा आयोजना किन गरिएन, यो हामी युवाहरूको प्रश्न हो ? अन्तराष्ट्रिय सभा सम्मेलन विदेशमा जानु मात्र नभई अब त्यस्तो कार्यक्रम नेपालमा आयोजना गर्ने बेला आएको छ । ताकि विश्वका ख्रीष्टियन युवा शक्ति र मिसनलाई नेपालका सबै मण्डलीमा केन्द्रित गराउन सक्छौं । ठूलो माछाले सानो माछालाई निले झै भएको छ, नेपाली मण्डलीको हविगत । अब एक जुट हुने बेला हो यो । सतावटको चरमसिमा संविधानबाटै सुरु हुनेवाला छ । हाम्रो प्रार्थना, सोंच, जीवनशैली र सेवा विश्वस्तरीय बनाउनुको अर्को विकल्प छैन ।

१) हामी ख्रीष्टका ब्राण्ड हौंः

यदि हामी ख्रीष्टियन युवाहरू ख्रीष्टका ब्राण्ड हौं भने हामीले नयाँ जन्म पाएको, परिवर्तन भएको र नयाँ स्वभाव धारण गरेको हुनैपर्दछ । हाम्रो बोलीचाली र व्यवहारबाट ख्रीष्टको प्रतिनिधित्व गर्न सक्नुपर्छ । तुलनात्मक रुपमा ब्राण्ड भन्ने वित्तिकै राम्रो, महंगो, सबैभन्दा बढी माग र आपूर्ति भए झैं हामी पनि प्रभुमा मूल्यवान छौं । विश्वभरि नै येशु प्रभुको आवश्यकता छ भन्ने बुझ्नु जरुरी छ । स्मार्ट फोन बोक्ने र त्यसको सहि सदुप्रयोग गर्न जान्ने मान्छे मात्र स्मार्टपर्सन हुने होइन । आत्मिक सत्यतामा जिउने र ख्रीष्टका चेला बन्ने हामी पनि स्मार्टपर्सन हौं । यदि हामी उहाँका सन्तान हौं भने हामी नुन र ज्योति हौं (मत्ती ५ः१३—१६) । ख्रीष्टका राजदूत हौं (२ को.५ः२०) । परमेश्वरको सन्तान हौं (रोमी ८ः१७) । ताराहरू जस्तै चम्कने व्यक्ति हौं (फिलिप्पी २ः१५) । पवित्र आत्माका छाप लागेको हौं ( एफिसी १ः१३) । येशु ख्रीष्टको मित्र हौं (यूहन्ना १५ः१५) । साझे उत्तराधिकार हौं (रोमी ८ः१७) । दाखको बोटका हाँगा हौं (यूहन्ना १५ः५) । येशु ख्रीष्टका साक्षी हौं (प्रेरित १ः८) । नयाँ सृष्टि हौं (२ को.५ः१७) । ख्रीष्टका पत्र हौं र हामी उहाँका हातका सीपहरू हौं ।

२) सेवा र पेशालाई सन्तुलन राखौं ः

परमेश्वरको उपस्थिति र उहाँमा इमान्दार भएर गरिएको सबै काम आत्मिक हुन् । जबसम्म परम्परागत साेंच र संस्कृतिबाट बाहिर आउन सक्दैनौं तबसम्म हामीले आत्मिक र सांसारिक काम, भौतिक र आध्यात्मिक सेवा, सेवकाइलाई उच्च निच्च अर्थात ठूलो र सानोको मुद्दाबाट उम्कन सक्दैनौं । संसारलाई प्रभुमा ल्याउन कला, व्यापार, चर्च, मिडिया, शिक्षा, परिवार लगायत सबै पेशागत क्षेत्रमा हाम्रो पहुँच बनाउन सक्नुपर्छ । आज भन्दा २०÷३० वर्ष अघिदेखि मण्डलीका मानिसहरू विश्वविद्यालयका उच्च शिक्षा हासिल गर्ने, राजनैतिक पहुँचमा पुग्ने, विभिन्न पेशामा विशेषज्ञता हुने, सरकारी तथा प्रशासक हुने, राज्यको सबै क्षेत्र र तप्कामा ख्रीष्टियनहरूको पनि बाहुल्यता भइदिएको भए यो देशलाई शान्ति, विकास र सम्वृद्धिमा पु¥याउन सकिन्थ्यो होला । सबै मण्डली र अग्रजहरूले पावल र पत्रुसहरू मात्र जन्माए तर असल राजनीतिज्ञ युसुफ, दानिएल र दाउदहरू जन्माउन सकेनन् । जसको फलस्वरुप हाम्रो जनसंख्या धेरै होला तर प्रत्यक क्षेत्रमा कमजोर जनशक्ति र निरिह हुनु परेको वास्तविकता रहेको छ । त्यसैले हामी जुनसुकै सेवा वा पेशामा छौं, त्यही नै ख्रीष्टको चरित्र र ईश्वरीय गुणहरू कायम राख्नसक्यौं भने त्यो हाम्रो जीवनको ठूलो सफलता, सन्तुष्टि र सन्तुलन हो ।

३) विश्वको धेरैजसो इतिहास युवाहरूले नै कोर्दछन् अनि तोड्दछन्ः

प्रिय साथीहरू हामीहरूले एउटा भनाई सुन्दै अनि सुनाउँदै आएका छौं । त्यो के हो भने “युवाहरू भविष्यका खम्बाहरू हुन् ।” तर म भन्दछु हामीहरू भविष्यका खम्बा होइनौं, वर्तमान अर्थात अहिलेका खम्बा हुनुपर्छ । परमेश्वरको अनुग्रहले मैले १६ वर्षको उमेरदेखि नेपालमा युवाहरूको विचमा सेवा गर्दै आएको छु । जस अन्तर्गत देशका हालसम्म प्रायः सबै जिल्लामा गएर करिब हजारौ मण्डलीका लाखौ मानिसलाई सेवा पु¥याउन सकेको छु । मेरो व्यक्तिगत र संयुक्त लेखन तथा सम्पादन गरी करिब २५ वटा पुस्तकका ५० हजार प्रति विक्री भइसकेको छ । करिब ६० वटा पत्रिकामा सयांै लेख प्रकाशन गरी लाखौं पाठकलाई सेवा पु¥याएको छु । अझै दर्जनौ पुस्तकहरू प्रकाशनको लागि तयारी छन् । यहुन्ना ९ः४ मा येशुले भन्नुभएको कुरा सम्झन्छु “मलाई पठाउनु हुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ । जब रात आउँछ, तब कसैले काम गर्न सक्दैन ।” अंग्रेजीमा एउटा भनाई छ, ज्ष्त तजभ ष्चयल धजभल ष्त ष्क जयत। अर्थात फलाम तातो छँदा नै हिर्काउनुपर्छ, किनकि सेलाएपछि त चाहेजस्तो हतियार, औजार बनाउन कठिन पर्छ । कुमालेले माटो गिलो हुँदा नै भाँडो बनाएझै, गोरु बहर हुँदा नै दाउने झैं हामीले पनि आÇनो युवावस्थामा नै ख्रीष्टको जुवा बोक्नु असल हुन्छ । उपदेशक १२ः१ सोलोमन राजाले ठीकै भनेका हुन्, “दुःखको समय र वृद्धावस्था आउनअघि नै जब तिमीले भन्नेछौ, यिनमा मेरो मन लाग्दैन, ती समय भन्दाअघि नै आÇनो युवावस्थामा आÇना सृष्टिकर्ताको सम्झना गर ।” हुन त परमेश्वरको सेवाको लागि उमेर,जात, वर्ण, प्रदेश र लिङ्कको सिमा तोकिएको छैन ।

४) युवाले सेवा गर्ने महान् अवसरहरू छन्ः

युवाहरूको दान वरदानलाई प्रयोग गरी मिसनलाई बलियो पार्नसक्छौं । १९ वर्षको उमेरमा पादरी गंगाप्रसाद प्रधानले स्कूल सुरु गरे तापनि पछि गएर सिंगो बाइबललाई नेपालीमा अनुवाद गरी पहिलो नेपाली पादरी, सम्पादक र अनुवादक बने । त्यसैगरी जर्ज भर्वरले अपरेशन मोविलाइजेसन स्थापना १६ वर्षको हुँदा गरे । आज सबै देशमा येशुको मिसन पूरा हुँदैछ । २० वर्षका लरेन कनिङघमले युथ विथ द मिसन स्थापना गरे । अहिले विश्वका धेरै युवा पुस्तामा ख्रीष्टको मिसन बढ्दैछ । विल ब्राइट युवा हुँदा नै क्याम्पस क्रुसेड स्थापना गरे । जुन मिसन संसारभरिको विश्वविद्यालका विद्यार्थीलाई प्रभुमा जितिन्छ । अल्बानियाकी १७ बर्षे मदर टेरेसा भारतमा सेवा गर्न आएकी थिइन् । जीवन भर नर्स तथा ख्रीष्टको मिसनेरी बनेर मिसन पूरा गरिन् । आज विश्वको उच्चपदमा भएकाहरू मदर टेरेसाको नाम सुन्ने वित्तिकै शीर झुकाउँछन् । युवा अवस्थादेखि सधैं दर्शन र साधनालाई जोगाएका अब्राहाम लिंकन दुईपटक अमेरिकी राष्ट्रपति बने । त्यसैगरी बाइबलीय युवाका केही उदाहरण हेरौं । युसुफ मिश्रदेशमा पठाउनुहुँदा १७ वर्षमा दर्शन देखेका थिए । ३० वर्षमा मिश्रका दोस्रो उच्चपदमा युसुफ शासक बने । १२ वर्षका दाउद अभिषेक भए । गोल्यातलाई मारेका उनले पछि ३० वर्षमा राजा भए । सोलोमन ३० वर्षको उमेरमा राज्यभिषेक भए । येशूले १२ वर्षमै धार्मिक पूजाहारीसँग बहस र ३० वर्षमा सेवकाइ सुरु गर्नुभयो । राजाको सेवा गर्न दानिएल १७ वर्षमा नियुक्त भए । येशुका प्रेरित तथा चेलाहरू पनि युवा नै थिए । युवा शावल पछि येशूको दर्शन पाएर पूर्ण रुपान्तरण भएर पावल बने । उनले सयौंलाई प्रभुमा डो¥याए अनि आज पनि डो¥याइ रहेका छन् । महान् आज्ञा पूरा गर्नु मिशन हो । ख्रीष्ट सिद्ध मिशनको सिद्ध मिशनरी हुनुहुन्छ । युवाहरूलाई परमेश्वर चिनाउनु हाम्रो मिशन हो । हामी जहाँ छौं त्यहि नै मिशनको लागि सर्वोत्तम ठाउँ हो ।

५) विश्वस्तरको इसाई मात्र पूर्णरूपमा बाँचेका हुन्छन्ः

उनीहरूको आनन्द, विश्वासनियता र उतसुकता चरम हुन्छ । किनभने उनीहरू फरक बनिरहेका हुन्छन् । उनीहरू हरेक दिन बिहान ताजा प्रकारले परमेश्वरको काम गर्नलाई ब्यँुझन्छन् । परमेश्वरले उहाँको राज्यमा तपाईंलाई सबै भन्दा महान, सबै भन्दा ठूुलो, सबै भन्दा भिन्न र सबै भन्दा अर्थपूर्ण इतिहास भएको चाहनुहुन्छ । तपाईंंले चाहनुभयो भने एक क्षणमा विश्वको कुनै पनि कुनामा पुग्न सक्नुहुन्छ, आपूm पुग्न नसके तपार्इंको आवाज, भिडियो तथा लेखाईहरू नयाँ सञ्चारको माध्ययमद्वारा पुग्न सक्छ । अहिले संसार एकदमै सानो र साँगुरिएको छ । विश्वस्तरीय इसाई बन्न कमजोर मानसिकता वा वौद्धिकतालाई बदल्नु पर्छ । तपाईंको हेराई र प्रवृतिमा पनि परिवर्तन आउनुपर्छ प्रायः धेरै जसो संसार पहिलादेखि नै विश्वव्यापी सोचाईंमा आइसकेका छन् । ठूल्ठूल्ला मिडिया, व्यापार, फेसन, मनोरञ्जन, संगीत, खेल तथा अन्य कुराहरू एक देशबाट अर्को देशमा विकास भएको पाइन्छ ।

६) आफु केन्द्रित सोंचाईबाट अरु केन्द्रित सोंचाईमा बदल्नु पर्छः

यसरी संसार विश्वव्यापी सोचाईंतर्फ उन्मुख भइसकेको महसुस गर्न सक्छौं । हामी एकअर्कासँग एकदमै सम्बन्धित भइसकेका छौं । त्यसै गरी संसारमा इसाईहरू पनि विश्वव्यापी सोचाईंंमा बढिरहेका छन् । यो सुसमाचार तपाईंमा आएकोछ र साँच्चै सारा संसारमा फलदायी भई बढिरहेकोछ । विश्वव्यापी सोचाईं गर्ने पहिलो तरिका कुनै निर्दिष्ट देशको लागि प्रार्थना गर्न शुरु गरेर गर्न सकिन्छ । विश्वव्यापी ख्रीष्टियनहरूले संसारका निम्ति प्रार्थना गर्छन् । हामी विश्वको नक्सा हेरेर वा कुनै राष्ट्रको नामद्वारा प्रार्थना गर्न सक्छौं । विश्ववव्यापी सोचाईंलाई विकास गर्ने अर्को तरिका हो, महान आज्ञाको आँखाले हेर्नु र पढ्नु । विश्वव्यापी सोचाईंलाई परिवर्तन गर्ने अर्को तरिका हो, छोटो समयको लागि कुनै देशमा कुनै सेमिनारमा भाग लिई अनुभव बटुल्नुपर्छ । यसले पनि विचारलाई परिवर्तन र विकास गर्न सक्छ । हृदयलाई बढाउँछ, दर्शनलाई विस्तार गर्छ, विश्वासलाई बलियो बनाउँछ, प्रेमलाई गहि¥याउँछ र कहिलै पनि अनुभव नगरेको आनन्दले भरिनुहुनेछ । यो तपाईंको जीवनको परिवर्तनको विन्दु अर्थात त्गचलष्लन एयष्लत हुनसक्छ ।

७) स्थानीयबाट विश्वव्यापी सोचार्इंमा फड्को मार्नुपर्छः

पृथ्वीमा तपाईंको समयलाई महत्वपूर्ण बनाउनुहोस् । अनन्त हेराईलाई व्यवस्थित गर्नुहोस् । हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहन्छ । आज्ञा पूरा गर्न वहानाबाट रचनात्मक बाटोमा बदल्नु पर्छ । अहिलेको सोचाईंलाई अनन्तमा बदल्नु पर्छ । यदि तपाईं येशु जस्तै हुनु हो भने सारा संसारतर्फ तपाईंको हृदय हुनुपर्छ । खाली तपार्इं, परिवार र साथीहरू ख्रीष्टमा आएर मात्र सन्तुष्ट हुन सक्नुहुन्न । कलाकार, साहित्यकार, खेलाडी, महान अगुवा, प्रचारक, मिडियाकर्मी, आदि व्यक्तिहरूको जीवनले व्यक्तिगत र सार्वजनिक रुपमा धेरै उच्चाई कमाएको हुन्छ । जसको प्रभाव धेरै र शक्तिशाली पनि हुने गरेको पाइन्छ । प्रकाशित भएका कुनै किताब वा पत्रपत्रिकामा लेख्ने लेखकहरू कहिले स्थानीय हुँदैनन् बरु राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको बनिसक्दा रहेछन् । यो एउटा विश्वस्तरको ख्रीष्टियन भएको एक नमूना हामी पनि हौं । अब हामीले इतिहास रट्ने होइन रच्ने बेला आएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...