सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मार्टिन लुथरको ५०० औं वार्षिक उत्सव मनाउँदै समाजको राष्ट्रिय भेला सम्पन्न

नेपाल ख्रीष्टियन समाजको राष्ट्रिय भेला गत कार्तिक ५ गतेदेखि शुरु भएर ७ गतेका दिन सकिएको छ । ललितपुरस्थित लिभिङ बप्तिस चर्चमा मार्टिन लुथर रिफर्मेशन ५०० औं वार्षिक उत्सवको एक भब्य कार्यक्रमको आयोजना गरी समाजले आफ्नो राष्ट्रिय भेला शुरु गरेको थियो । तीन दिनसम्म चलेको राष्ट्रिय भेलामा देशका सात वटै प्रदेशबाट करिब ३०० जना सहभागी भएको आयोजकले कार्यक्रम पश्चात आयोजित पत्रकार भेटघाटमा जानकारी गराएको थियो ।

समाजको राष्ट्रिय भेलाको पहिलो दिन मार्टिन लुथरको ५०० औं रिफर्मेशन वार्षिक उत्सवका रुपमा मनाएको थियो । पास्टर रत्न राईद्वारा शुरुको प्रार्थना गरी शुरु भएको सो कार्यक्रमलाई पास्टर मुकुन्द शर्माले सञ्चालन गर्नुभएको थियो । नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै स्वागत मन्तब्य राख्नुभएको थियो । समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ, पूर्व सांसद लोकमणि ढकाल, डा. तिर्थ थापा, पा. डा. राजेन्द्र रोंगोङ, पास्टर जीवन गुरुङ, पा. रत्न राई र पा. शामुएल कार्थकले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै नेपाल ख्रीष्टियन समाजको राष्ट्रिय भेलाको उद्घाटन गर्नुभएको हो । सो कार्यक्रममा पा. डा. राजेन्द्र रोंगोङले नेपालको ख्रीष्टियन इतिहासको बारेमा प्रकाश पार्नुभएको थियो । साथै अष्ट्रेलियाको लुथरन चर्चबाट आउनुभएका पास्टर अगस्ट फ्रिकेले आफ्नो मन्तब्य राख्दै मार्टिन लुथरले गरेका सुधारको बारेमा बताउनु भएको थियो भने अर्का पास्टर माइकल लक उडले मार्टिन लुथरको जीवनी र उनको समकालिन समयको चर्चको अवस्था र उनले गरेका धर्म सुधारको आन्दोलनका बारेमा सचित्र प्रकाश पार्नुभएको थियो । सोहि कार्यक्रममा वल्र्ड इभाञ्जलिकल एलायन्सका डेभिड एम.वोनले समाजको राष्ट्रिय भेला र मार्टिन लुथर रिफर्मेशन ५०० औं वार्षिक उत्सवको अवसरमा शुभकामना मन्तब्य राख्नुभएको थियो ।

तीन दिनसम्म चलेको त्यस राष्ट्रिय भेलामा पास्टर टंक सुवेदीले वर्तमान अवस्थामा राजनैतिक परिवर्तन, नयाँ संविधाना धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने संस्थाको प्रगति विवरण र आर्थिक विवरण क्रमशः समाजका महासचिव डिल्लीराम पौडेल र कोषाध्यक्ष पास्टर राजेन्द्र मल्लले प्रस्तुत गर्नुभएको थियो । सो भेलाले देशको समसामयिक अवस्था र अल्पसंख्यक तथा ख्रीष्टियन समुदायमाथि भएको विभेदलाई उल्लेख गर्दै ६ बुँदे ध्यानाकर्षण पत्र जारी गरेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...