सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघले वृहत प्रार्थना सभा सम्पन्न ग¥यो

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले गत कार्तिक २ गतेका दिन समसामयिक बिषयहरूमाथि प्रार्थना गर्दै वृहत प्रार्थना सभा अनुग्रह प्रतापी मण्डली चप्पल कारखाना, काठमाडौंमा सम्पन्न गरेको छ ।

महासंघका सहअध्यक्ष पास्टर तेजमान तामाङले शुरुको प्रार्थना गरी शुरु भएको सो सभामा केन्द्रीय प्रार्थना विभागका अध्यक्ष देउमाया तामाङको समुहले आराधनामा अगुवाई गरेको थियो । त्यसैगरी महासचिव पास्टर पदमनाथ पराजुलीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सचिव पास्टर तेज बहादुर रोक्काले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने महासंघका सल्लाहकार पास्टर एलिया प्रधानले वचनबाट उत्साह दिंदै प्रार्थनाको शक्तिको बारेमा प्रष्ट्याउनु भएको थियो ।

उक्त प्रार्थना सभामा युकेका यु.एन.आर.सी मण्डलीका सदस्य ग्राण्ड मास्टर डा. नङमारजंग गुरुङ, न्यू रिभाइवल नेपाली चर्च यु.ए.ई.का एल्डर कमल थापा, क्राउन ग्लोरी चर्च सिंगापुरका पास्टर मिरा राई, महासंघका सहअध्यक्षहरू डा. फिलेमोन क्षेत्री, रीता काबो, रेभ. शामुएल सोदेम्बाले ख्रीष्टियन सरोकारका बिभिन्न बिषयहरू समेट्दै बिशेष गरी ख्रीष्टमस र इस्टरको सार्वजनिक बिदा, नेपाल सरकार र महासंघबीच भएका तीन बुँदे र ६ बुँदे सहमति कार्यान्वयन र समाधिस्थलको व्यवस्था लगायतका बिषयहरूको लागि प्रार्थनामा अगुवाई गर्नुभएको थियो । सो सभामा पास्टर मिरा राईले प्रार्थनाकै कारण सिंगापुरमा आफूहरूले नेपाली मण्डली भनेर दर्ता गर्न सकेको अनुभव बताउनुभएको थियो । अन्तमा महासंघका अध्यक्ष सि.वि. गहतराजले हामीले परमेश्वरसँग धेरै मागिसक्यौं, अबका दिनमा प्राप्त उपलब्धीहरूका निम्ति धन्यवाद दिनु पर्ने कुरामा जोड दिनुभयो भने ख्रीष्टियन समुदायको माग तत्काल सम्बोधन नभए राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ध्यानकर्षणका कार्यक्रमहरू अघि बढाउने कुरा बताउनुभयो साथै उहाँले अन्तिम प्रार्थना गरेपश्चात सभाको समापन भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...