सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघले यस वर्ष पनि भब्य ख्रीष्टमस महोत्सव मनाउने

गत वर्षहरू जस्तै यस वर्ष पनि ख्रीष्टियनहरूको महान पर्व ख्रीष्टमसमा राष्ट्रिय ख्रीष्टियन महासंघले विभिन्न कार्यक्रमहरूको आयोजना गरी भब्य रुपले ख्रीष्टमस महोत्सव मनाउने भएको छ । महासंघको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक गत कार्तिक ७ गतेका दिन बसी यस्तो निर्णय गरेको हो ।

महान पर्व ख्रीष्टमस—२०७४ भब्य रुपले मनाउनका लागि भन्दै महासंघका सचिव पास्टर तेज बहादुर रोक्काको संयोजकत्वमा २१ सदस्यीय ख्रीष्टमस महोत्सव—२०७४ मुल समारोह समिति गठन गरेकोमा कार्तिक १२ गते बसेको मुल समारोह समितिको बैठकले यस समितिलाई विस्तार गरी १०१ सदस्यीय बनाएको र बिभिन्न जिम्मेवारी बाँडफाँड गरिएको कुरा संयोजक पास्टर तेज बहादुर रोक्काले बताउनुभयो । यस वर्ष पनि ख्रीष्टमसको अवसरमा ख्रीष्टमसका दिन ख्रीष्टमस महोत्सव मनाउने, ख्रीष्टमस शुभकामना मोटर साइकल ¥याली, अन्तरधार्मिक भेला, महिला विभागबाट आगामी पुस ५ गते ख्रीष्टमस शुभकामना आदान प्रदान लगायतका विभिन्न कार्यक्रम आयोजना गरी भब्य रुपले ख्रीष्टमस महोत्सव मनाउने तयारी महासंघले गरेको जनाइएको छ ।

महासंघको सो विशेष कार्यसमितिको बैठकले राष्ट्रिय भेला चाँडै बोलाउने निर्णय गर्दै सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीलाई संयोजक तोकिएको छ र छिट्टै बैठक बसी मिति तय गरिने जानकारी उहाँले गराउनुभएको छ । सोही बैठकले केन्द्रिय सदस्यमा आवश्यक मनोनयन तथा पदाधिकारीहरूको जिम्मेवारी समेत हेरफेर गरेको छ भने इस्राएल देशको सद्भावदूतमा पास्टर माया सुवुवार र बेलायत देशका लागि पास्टर मिङ्मार जंग गुरुङलाई अन्तराष्ट्रिय सल्लाहकारमा मनोनित समेत गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...