सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ नेपालको अध्यक्षमा रेभ. हनोक तामाङ सर्वसम्मत निर्वाचित

नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ नेपाल)को चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित सन सिटी पार्टी प्यालेसमा गत मिति २०७४ असोज १७ गते र १८ गतेका दिन सम्पन्न भएको महाधिवेशन तथा साधारण सभाबाट एनसिएफ नेपालको अध्यक्षमा आराधना चर्च, सानेपा ललितपुरका वरिष्ठ पास्टर रेभ. हनोक तामाङ (सूर्य बहादुर बल) निर्विरोध निर्वाचित हुनुभएको छ । एनसिएफ नेपालको सो महाधिवेशन तथा साधारण सभामा रेभ. प्रकाश सुब्बाले रेभ. हनोक तामाङलाई अध्यक्षमा समर्थन गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यसैगरी उपाध्यक्षमा पास्टर विर बहादुर कार्की र सचिवमा पास्टर विर बहादुर तामाङ तथा कोषाध्यक्षमा पास्टर विश्वदेव खड्का निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा चार जना प्रतिस्पर्धी भएपनि पास्टर विर वहादुर कार्कीले २१६ मत ल्याई विजयी हुनुभएको हो । सचिव पदका लागि तीन जना प्रतिस्पर्धी भएपनि विर बहादुर तामाङले २५६ मत ल्याई विजयी हुनभएको थियो भने कोषाध्यक्ष पदका लागि दुई जना प्रतिस्पर्धी भएतापनि पास्टर विश्वदेव खड्काले २८५ मत ल्याई विजयी हुनुभएको हो । एनसिएफ नेपालको विधान अनुसार त्यस संस्थाको कार्यसमितिको पदावधि तीन वर्षको रहेको छ ।

नवनिर्वाचित अध्यक्ष तामाङले आफ्नो नयाँ कार्यकाल नेपाली मण्डलीप्रति समर्पित रहेको र सबैको साथ र सहयोग पाएर नेपाली मण्डलीहरू बीचमा एकता, संगति र सुमधुर सम्बन्ध स्थापना हुनेमा आशाबादी रहेको कुरा बताउनुभएको छ । स्मरण रहोस् एनसिएफ नेपालका नवनिर्वाचित अध्यक्ष तामाङ यस अघि पनि दुई कार्यकालका लागि अध्यक्ष भई सफल नेतृत्व प्रदान गरिसक्नुभएको छ ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक काठमाडौंमा बसी पूर्व पुर्वाञ्चल अध्यक्ष पास्टर हिमाल राईलाई एनसिएफको सहसचिव पदमा नियुक्त समेत गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...