सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन सम्पन्न

कार्तिक ३, इजरायलको इतिहासमा नै पहिलोपल्ट आयोजना भएको अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलन गत अक्टोवर १५ तारिखबाट शु्रु भई १८ तारिखका दिन सम्पन्न भएको छ । इजरायलका राष्ट्रपति निवासमा आयोजित समापन सभालाई इजरायलका राष्ट्रपति रुभेन रिब्लिनले सम्बोधन गर्नुभएको थियो ।

पवित्र शहर येरुशलेम मुक्त र एकताबद्ध भएको ५० औं वर्षगाँठमा इजरायलको सरकारी प्रेस अफिस र परराष्ट्र मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलनमा राष्ट्रपतिले सबैलाई येरुशलेमको आफ्नो परिवारको लामो इतिहासका बारेमा सुनाउँदै सहभागीहरूलाई स्वागत सहित दिवा भोजको आयोजना गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै राष्ट्रपति रिब्लिनले, इजरायल एक यहुदी, लोकतान्त्रिक राज्यको रुपमा धर्मको स्वतन्त्रताको रक्षा गर्न सदैव प्रतिबद्ध छ । म यहाँहरू सबैलाई आश्वस्त बनाउन चाहन्छु कि इजरायलले सबै आस्थाका यहाँका पवित्र र ऐतिहासिक स्थानहरूलाई सुरक्षित र व्यवस्थित राख्न दृढ रहनेछ । इजरायलले धेरैसँग नयाँ र राम्रो मित्रता निर्माण गरेको छ र गरिरहनेछ ।

यस अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलनको उद्घाटन सत्रमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्येहुले सम्बोधन गर्नुभएको थियो । उहाँले आफ्नो मन्तब्य राख्ने क्रममा इजरायलको लागि क्रिश्चियन समुदाय भन्दा विश्वमा कुनै राम्रो मित्र छैन भन्नुभएको थियो । भर्खरै सम्पन्न भएको यस सम्मेलन इजरायल राष्ट्र र ख्रीष्टियन समुदायबीचमो सम्बन्धका बिषयमा केन्द्रित थियो ।

इजरायल सरकारको प्रयासमा इजरायलको इतिहासमै पहिलोपल्ट आयोजना भएको अन्तर्राष्ट्रिय ख्रीष्टियन मिडिया सम्मेलनमा विश्वभरका ७० वटा ख्रीष्टियन मिडिया संगठनका प्रतिनिधिहरू, १४० जना टेलिभिजन, रेडियो तथा पत्रपत्रिकामा कार्यरत श्रमजिवी पत्रकारहरू सहभागी भएका थिए ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...