सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको टोलीले प्रधानमन्त्रीलाई भेट्यो, भेटमा ख्रीष्टमस विदाको घोषणा र उच्चस्तरीय समिति गठन गर्ने प्रतिवद्धता

१२ कार्तिक २०७४, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको टोलीले आज सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा लगायत कांग्रेसका उच्च तहका नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा एक साथ भेटी ख्रीष्टियन समुदायका राष्ट्रिय सरोकारका विषयहरू समेटिएको ज्ञापन पत्र पेश गरेको छ ।

सो ज्ञापन पत्रमा नेपाल सरकार र राष्ट्रिय ख्रीष्टियन महासंघबिच भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयनको लागि एक उच्चस्तरीय समिति गठन गरिनुपर्ने र ख्रीष्टियन समुदायको मृत्युसंस्कार जस्ता संवेदनशील विषयलाई ध्यानमा राखी समाधिस्थलको देशभर व्यवस्था गरिनु पर्ने र २०ं६४ सालदेखि दिदंै आएको ख्रीष्टमस विदालाई सार्वजनिक विदाको रुपमा घोषणा गरिनुपर्ने लगायतका ख्रीष्टियनहरूको राष्ट्रिय सरोकारका विषयमा माग गरिएको छ ।

सम्माननीय प्रधानमन्त्री लगायत नेपाली कांग्रेसका वरिष्ठ नेताहरू रामचन्द्र पौँडेल, पार्टी महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, अर्जुननरसिंह के.सी. लगायतका नेताहरूको रोहवरमा उक्त ज्ञापन पत्र महासंघले बुझाएको हो । ज्ञापन पत्र बुझाउन र ख्रीष्टियन समुदायका समस्या राख्न राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराजको नेतृत्वमा सह–अध्यक्षहरू रेभ. शामुएल सोदेम्बा, रीता थापा मगर, पा. तेजमान तामाङ, उपाध्यक्ष रेभ. बाबुराम हिङ्गमाङ्ग, अन्ना पेडन महासचिव पा. पदमनाथ पराजुली, उपमहासचिव तथा प्रवक्ता पा. सागर बैँजु, सचिव पा. तेज बहादुर रोक्का, पा. हेम बहादुर थापा र प्रार्थना विभाग प्रमुख देउमाया तामाङ लगायतका प्रतिनिधि मण्डल सहभागी थियो । भेटमा हालै पारित गरिएको फौजदारी विधेयकको विषयमा स्पष्ट गरिदिनुहुन प्रधानमन्त्रीलाई आग्रह गरेकोमा प्रधानमन्त्री देउवाले यो विधेयक सबै धार्मिक समुदायलाई यो विधेयकले वाधा व्यवधान नगर्ने र ख्रीष्टियन समुदायलाई कुनै हल्लाको पछि नलागिकन ढुक्क भएर आफ्नो धार्मिक आस्था अनुसारको अभ्यास र गतिविधि गर्न ख्रीष्टियन समुदायलाई भन्नुभएको कुरा थाहा हुन आएको छ । साथै सो भेटमा प्रधानमन्त्रीले केहि समय पहिले पूर्वगृहमन्त्री जनार्दश शर्मासँग महासंघको टोलीले भेट गरी बुझाएको ज्ञापन पत्र आफूकहाँ आईपुगेको र सो उपर फेरि यसरी भेटी कुरा राख्नुभएकोमा खुशी व्यक्त गर्दै महासंघ र सरकारसँग भएका सहमति यथासिघ्र छिटो कार्यान्वयन गरी समिति गठन गरिदिने, समाधिस्थलको देशभर व्यवस्था गरिदिने, ख्रीष्टमसको सार्वजनिक विदा घोषणा कार्यान्वयनमा गई सकेको जानकारी गराउँदै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग भएका सहमतिहरू यथासिघ्र कार्यान्वयन गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनुभएको कुरा महासंघका अध्यक्ष सि.वि.गहतराजले जानकारी गराउनुभएको छ ।

स्मरण रहाेस्, केहि दिन पहिले पनि एनसिएसका अध्यक्ष पा. वर्णवास श्रेष्ठकाे नेतृत्वमा एक टाेलीले प्रधानमन्त्रीलार्इ भेटी ६ बुँदे माग पेश गरेकाे थियाे ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...