सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

फौजदारी संहिता सम्बन्धि महासंघको पत्रकार सम्मेलन

फौजदारी संहिता सम्बन्धि महासंघको पत्रकार सम्मेलन

भ्रामक हल्लाको पछि नलागाैंः सि.वि. गहतराज

१५ कार्तिक २०७४, काठमाण्डौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले बुधवार भृकुटीमण्डपस्थित रिपाेटर्स क्लब, काठमाण्डौँमा पत्रकार सम्मलेनको अायाेजना गरेर संसदबाट पारित भएकाे फाैजदारी विधेयककाबारे अाफ्नाे धारणा सार्वजनिक गरेकाे हाे ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरू एवं सामाजिक सञ्जालहरूमा धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको संवैधानिक व्यवस्था समेतको ख्यालै नगरी धर्म सम्बन्धि कसुर र सजायँ सम्बन्धि व्यवस्था फौजदारी संहितामा समावेश गरिएको विषयलाई गलत प्रचार गरी अल्पसंख्यक धार्मिक समुदायको भावनामा समेत चोट पर्ने गरी भइरहेको भन्ने अाफ्नाे धारणा सार्वजनिक गर्न पत्रकार सम्मलेनको आयोजना गरेको थियाे ।

महासंघका सचिव पा. तेज बहादुर रोक्काले सञ्चालन गर्नुभएको कार्यक्रममा महासचिव पा. पदमनाथ पराजुलीले फौजदारी संहितामा समावेश गरिएको विषयलाई गलत प्रचार गरेको विषयमा प्रेस विज्ञप्ति पढेर सुनाउनुभएकाे थियाे । महासंघका उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजुले विज्ञप्ति माथि प्रकाश पार्दै यो फौजदारी विधेयकले सामाजिक विधेयक अन्तर्गत राखेको भए अझै राम्रो हुने र यो विधयेकले अल्पसंख्यक धार्मिक समुदाय र ख्रीष्टियन समुदायलाई कुनै वाधा व्यवधान नहुने बताउनु भयो । महासंघका अध्यक्ष सि.वि. गहतराजले संविधानले धार्मिक स्वतन्त्रताको ग्यारेण्टी गरेको र २०६८ को जनगणना अनुसार राज्यले १० वटा धर्महरूलाई स्वीकार गरिसकेको हुँदा यी धार्मिक समुदायको संरक्षण, व्यवस्थापन गर्दै र अभिभावकत्वको भूमिका प्रदान गरी कानूनी राज्यको आभाष दिलाउनु राज्यकाे पहिलो दायित्व हो । साथै केवल बाध्यात्मक धर्म परिवर्तनलाई दण्डनीय मानेको अवस्थामा सबै धार्मिक समुदाय संविधानको सीमामा रहन आ–आफ्नो धर्म अबलम्वन, संरक्षण र अध्यास गर्न र अल्पसंख्यक धार्मिक समुदायको सुरक्षाका लागि ख्रीष्टियन समुदाय तथा अन्य सबै धार्मिक समुदाय एवं सरोकारवालाहरूलाई गलत एवं भ्रामक हल्लाको पछि नलाग्न आग्रह गर्नुभयाे। साथै फौजदारी विधेयक जबरजस्ती धर्म परिवर्तन गराउनेहरूको कारवाहीको लागि विधेयक भएकोले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल जबरजस्ती धर्म परिवर्तनको पक्षमा नरहेको कुरा समेत पत्रकार सम्मलन मार्फत बताउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...