सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जापानमा नेपाली भाषी मण्डलीकाे समर्पण

कार्तिक ५, २०७४ । जापानमा अध्ययन तथा रोजगारीको सिलसिलामा पुग्नुभएका केहि प्रभुका जनहरूको स्पष्ट दर्शन , प्रार्थना र अथक परिश्रमको प्रयास स्वरुप केहि वर्ष पहिलेदेखि टोकियोको ओतकुमा एउटा सानो कोठामै संगतिको सुरुवात भएको थियो । दुर्इ जनाबाट सुरु भएको संगति वि.सं. २०७२ सालदेखि उत्साह नेपाली चर्चको नाउँबाट एउटा रेस्टुरेन्टको हलमा हुँदै अाएकाे सेवा संगतिलार्इ बिस्तार गरेसँगै नेपाली बिश्वासी जनहरूलार्इ सेवा संगति दिनुका साथै नेपाली नयाँ आत्माहरूलार्इ प्रभुमा जित्ने काम गरिरहेको छ । अति नै ब्यस्त टोकियो शहरमा उत्साह नेपाली चर्चको आफ्नै चर्च भवनमा आजबाट संगति सुरु भएको हाे। सुन्दर हलमा आजको उद्घाटन कार्यक्रमकाे सञ्चालन एल्डर सूर्य राईले गर्नु भएको थियो भने स्तुति प्रशंसाकाे अगुवाइ डिकन दिपक मगरले गर्नु भएको थियो । स्थानीय पास्टर किरण मगर, पास्टर हिदेकी जिम्बो र पास्टर सुनील प्रधानबाट दिप प्रज्वलन गरी स्थानीय पास्टर किरण मगरबाट चर्च समर्पणको प्रार्थना र जीवित वचन प्रचार गर्नु भएको थियो। साे कार्यक्रममा यस मण्डलीकाे लागि प्रार्थनामा याद गरी दिनुहुने सबै परमेश्वरका जनहरूप्रति यस मण्डलीले आभार प्रकट गरेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...