२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

नेपाल एवेनेजर कलेजद्वारा राहत वितरण

२०७७ बैशाख ८ गते, काठमाडौं । जोरपाटीस्थित नेपाल एवेनेजर बाइबल कलेजले लकडाउनका कारण दैनिक जीवन यापन गर्न कठिन भएका ज्याला मजदुरी गर्ने ४० परिवारलाई खाद्यान्न वितरण गरेको छ । सो कलेजले आज बिहान ९ बजे कलेजकै प्रांगणमा राहत वितरण कार्यक्रमको आयोजना...

अनुग्रह सामुदायिक सेवाद्वारा अतिविपन्न परिवारलाई राहत वितरण

ललितपुर २०७७ बैशाख ४ गते । ललितपुरको कुसुन्तीमा रहेको अनुग्रह सामुदायिक सेवाले कोभिड १९ कोरोना भाइरसको जोखिमबाट बच्नका लागि नेपाल सरकारले लगाएको लकडाउनका कारण भोकमरीमा परेका अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । यस अनुग्रह सामुदायिक सेवाले...

ख्रीष्टियन व्यवसायीहरूद्वारा काभ्रेका सिडिओलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

बनेपा, २०७७ बैशाख २ गते । विश्वभरि नै प्रभाव पारिरहेको कोरोना भाइरस (कोभिड-१९)का बिरामीहरु नेपालभित्र पनि बढिरहेको बेला बनेपामा व्यवसाय गर्दै आउनुभएका ख्रीष्टियन युवा व्यवसायीहरूद्वारा जिल्ला प्रशासन कार्यालय काभ्रेमा पुगी प्रमुख जिल्ला अधिकारी...

इसाई समाज सुर्खेतबाट नगरपालिका र गाउँपालिकाहरूमा राहत हस्तान्तरण

सुर्खेत, २०७७ बैशाख २ गते । इसाई समाज सुर्खेतको आयोजनामा सुर्खेत जिल्लामा रहेका मण्डलीहरूको तर्फबाट राहत संकलन गरी सुर्खेत इसाई समाजले नगरपालिका र गाउँपालिकाहरूमा हालै राहत हस्तान्तरण गरेको छ । कोभिड १९ कोरोना भाइरसले विश्वब्यापी रुपमा महामारीको...

मण्डलीकाे वार्षिकोत्सवकाे अवसरमा राहत बितरण

बैशाख २/२०७७ ( दाङ) । दाङको घोराहीस्थित स्वतन्त्रता मण्डलीले आफ्नो प्रथम वार्षिकोत्सवका साथै नयाँ वर्षकोअवसर पारी  हिजो र आज बैशाख १ र २ गतेका दिन अति बिपन्न दैनिकी मजदुरी गरी जिविकोपार्जन गर्ने ४२ परिवारलाई राहत वितरण गरेको छ । घोराही उप महानगरपालिकासँग...

आज इस्टर सण्डे, लकडाउनले गर्दा घरघरमै मनाइँदै

काठमाडौं, ३० चैत्र ०७६ । आज अप्रिल १२ तारिख नेपाली भित्ते पात्रोअनुसार चैत्र ३० गते आइतबार विश्वभरका ख्रीष्टियनहरूले मनाउने इस्टर सण्डे अर्थात ख्रीष्ट येशुको पुनरुत्थानको महोत्सव कोभिड-१९ (कोरोना भाइरस)ले विश्वव्यापी रुपमा प्रभाव पारेको कारण घरघरभित्रै...

बनेपाका ख्रीष्टियन व्यवसायीहरूद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

बनेपा, २०७६ चैत्र २८ गते । बनेपा व्यवसाय गर्दै आउनुभएका ख्रीष्टियन युवा व्यवसायीहरूद्वारा विश्वभरि नै प्रभाव पारेको कोरोना भाइरस (कोभिड-१९)का कारण देश अहिले लकडाउनमा रहेको बेला सुरक्षाका खातिर खटिनुहुने सुरक्षाकर्मी प्रहरीहरूलाई केहि स्वास्थ्य...

लकडाउनमा प्लास्टिक टिप्ने लगायत एकदमै न्यून आय भएकाहरूलाई जापानबाट सहयोग

ललितपुर २०७६ चैत्र २६ गते । ललितपुरको शंखमुल लगायतका ठाउँमा बसोबास गर्ने अति विपन्न परिवारलाई नेपाली ख्रीष्टियन एकता समाज जापान र जापानमा रहेको नेपाली मण्डलीहरूको सहयोगमा आज राहत वितरण गरिएको छ । विश्वभर नै फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीका...

लकडाउनमा पूर्वको लेटाङस्थित प्रशंसा चर्चबाट राहत वितरण

लेटाङ, मोरङ, २०७६ चैत्र २० गते । लेटाङको कमलपुरस्थित प्रशंसा चर्चद्वारा आज अति बिपन्न परिवारलाई राहत वितरण गरिएको छ । विश्वभर नै फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले यस महामारीबाट बच्न भन्दै देशैभर लकडाउन घोषणा गरेसँगै दैनिक...

लकडाउन: पास्टर सुवास सुब्बाद्वारा विपन्न वर्गलाई राहत वितरण

काठमाडौं, मिति २०७६ चैत्र १९ गते । अन्तिम विकल्पका अनुसन्धानकर्ता, निजिनिया संस्थाका संस्थापक तथा एल सद्दाइ चर्चका पास्टर सुवास सुब्बाले दैनिक मजदुरी गर्ने विपन्न वर्गका नागरिकहरू करिव ४०० घरपरिवारलाई लकडाउनका बिचआज अर्थात मार्च ३० तारिखका दिन...