२०८३ जेष्ठ २३, शनिबार
2026 June 5, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मण्डलीकाे वार्षिकोत्सवकाे अवसरमा राहत बितरण

बैशाख २/२०७७ ( दाङ) ।
दाङको घोराहीस्थित स्वतन्त्रता मण्डलीले आफ्नो प्रथम वार्षिकोत्सवका साथै नयाँ वर्षकोअवसर पारी  हिजो र आज बैशाख १ र २ गतेका दिन अति बिपन्न दैनिकी मजदुरी गरी जिविकोपार्जन गर्ने ४२ परिवारलाई राहत वितरण गरेको छ ।
घोराही उप महानगरपालिकासँग समन्वय गरि हिजो १ गतेका दिन वडा नं १३ का अति बिपन्न दैनिकी मजदुरी गरी जिविकोपार्जन गर्ने ९२ घर परिवार मध्ये अति बिपन्न २५ परिवारलाई ५०० केजी चामल, २५ केजी दाल, २५ लिटर खाने तेल, २५ पोका नुन, २५ पिस साबुनको राहत प्याकेज बितरण गरेकाे छ ।
साथै आज २ गतेका दिन बिहान वडा नं १४, सुन्दर नगर टोलका बिपन्न दैनिकी मजदुरी गरि छाक टार्ने ४८ परिवार मध्ये अति बिपन्न १७ परिवारलाई ३०० केजी चामल, २५ केजी दाल, २४ लिटर खाने तेल, ३४ पिस साबुन, ३४ पोका नुन पनि बितरण गरेकाे छ । उक्त राहत घोराही उप महानगरपालिकाका नगर प्रमुख नरुलाल चाैधरीलाई मण्डलीका पास्टर, दिलिप ताम्राकारले हस्तान्तरण गरि, उप महानगरपालिकाले पठाएका प्रतिनिधि र मण्डली दुबै मिलेर उपभोक्ताहरूलाई राहत प्राप्त गर्न सहज हुने गरी वडा नं १४ मा अबस्थित मण्डलीमै गई राहत वितरण गरिएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...