२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

ख्रीष्टियनहरूको मृत्यु संस्कारका लागि स्थानीय तहले गरायो जग्गा उपलब्ध

१० अगष्ट २०२०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका भित्र रहेका ख्रीष्टियन समुदाय (चर्च)हरूले भोग चलन गर्न पाउने गरी बलेफी गाउँपालिकाको कार्यालयले ख्रीष्टियनहरूको मृत्यु संस्कार अर्थात दफन कार्य गर्नको लागि हालै सार्वजनिक...

धादिङस्थित अनुग्रह चर्चमा तोडफोड, धादिङ इसाई समाजको आपत्ति

७ जुलाई २०२०, धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं. ३ मैदी उखुबारीमा अवस्थित अनुग्रह चर्चमा गत श्रावण २१ गतेका राती अज्ञात समुहले चर्चको मूल गेट नै तोडफोड गरी भित्र प्रवेश गरेर चर्चभित्रको ढोका तथा झ्याल तोडफोड गर्नुका साथै भित्र रहेका...

टिकापुर घटनाः पास्टर होइनन् आरोपी, समाज र महासंघले निकाले विज्ञप्ति

५ अगष्ट २०२०, काठमाडौं । कैलालीको टिकापुर–१ गणेशपुर शिविरमा मरेका स्थानीय मोतीराम डगौरा थारु जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको र त्यसरी लास राख्ने कार्य पास्टर दिपक चौधरीको अगुवाईमा भएको भनेर आएको समाचारका सम्बन्धमा आरोपी दिपक...

स्तुति प्रशंसा मण्डलीका गुरुआमा एस्तर थापाको मृत्यु सेवा सम्पन्न

३१ जुलाई २०२०, काठमाडौं । ललितपुरको सातदोबाटोस्थित स्तुति प्रशंसा मण्डलीका संस्थापक पास्टर अमर थापाकी धर्मपत्नी स्वर्गीय एस्तर थापाको अन्तिम विदाई अर्थात मृत्यु सेवाको सभा आफ्नै मण्डली भवनमा आज सम्पन्न भएको छ । सो सभामा सोही मण्डलीका एल्डर डेविड...

बेथलेहेम चर्च र मानव सेवा प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२८ जुलाई २०२०, कैलाली । कैलाली लम्किचुहास्थित बेथलेहेम चर्च र मानव सेवा प्रतिष्ठानको सयुंक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस रक्तदान कार्यक्रमको संयोजक बेथलेहेम चर्चका...

युवा समाजसेवी तुलसी श्रेष्ठले निशुल्क खाना खुवाउन थालेको सय दिन पुग्यो

२८ जुलाई २०२०, काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्ती निवासी युवा समाजसेवी तुलसी श्रेष्ठको अगुवाईमा लकडाउनको समयमा अति समस्यामा हुनेहरूका लागि खाना खुवाउन थाल्नुभएको आज १०० दिन पार गरेको छ । कोरोना भाइरसको महामारीले गर्दा नेपाल सरकारले लामो समयदेखि...

नेपाली ख्रीष्टियन मिडियाको सँग-सँगै सिकौं कार्यक्रम सम्पन्न

२७ जुलाई २०२०, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित क्वालिटी व्याङक्वेटमा मिडिया सम्बन्धीको एक कार्यक्रम सँग–सँगै सिकौं भन्ने विषयमा एक दिने नेपाली ख्रीष्टियन मिडिया सम्बन्धी कार्यक्रम आज सम्पन्न भएको छ । सञ्चालकद्धय दिनेश श्रेष्ठ र हिरा खड्गीले...

लेखक लाजरस थुलुङद्वारा लिखित २१ औँ पुस्तक विमोचन

नेपाली ख्रीष्टियन समुदायका स्थापित र प्रसिद्ध लेखक पास्टर लाजरस थुलुङद्वारा लिखित जीवनका आँधीबेहरीहरूमा परमेश्वरसँगको घनिष्टतामा हिँड्नु नामक २१ औँ पुस्तक काठमाडौंमा एक समारोहका बिच विमोचन गरिएको छ । हिजो काठमाडौंमा एक समारोहका बिच गरिएको सो...

‘त्यागी हिडें’ नामक ख्रीष्टियन गीत सार्वजनिक

२० जुलाई २०२०, काठमाडौं । त्यागी हिडें नामक ख्रीष्टियन गीतको भिडियो हालसालै अल्टर इन्टरनेशनल मिडियाले बजारमा ल्याएको छ । सो गीतमा शब्द तथा संगीत बाबुराज परियारले दिनुभएको छ भने म्युजिक एरेन्ज सन्देश रुचालको रहेको छ । स्वर फिबी परियार र अरुण जंग शाही...

‘कति घुँडाहरू’ नामक म्युजिक भिडियो लञ्च

८ जुलाई २०२०, काठमाडौं । होसन्ना चर्च मिनिष्ट्रिका पास्टर राजु सुन्दासको लगानी र प्रस्तुति गरेको ‘कति घुँडाहरू’ नामक सु–समाचारीय म्युजिक भिडियो हिजो मंगलबारका दिन एक समारोहका बिच काठमाडौंमा लञ्च गरिएको छ । ख्रीष्टियन जगतका सुपरिचित लेखक, साहित्यकार...