सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

‘कति घुँडाहरू’ नामक म्युजिक भिडियो लञ्च

८ जुलाई २०२०, काठमाडौं । होसन्ना चर्च मिनिष्ट्रिका पास्टर राजु सुन्दासको लगानी र प्रस्तुति गरेको ‘कति घुँडाहरू’ नामक सु–समाचारीय म्युजिक भिडियो हिजो मंगलबारका दिन एक समारोहका बिच काठमाडौंमा लञ्च गरिएको छ ।

ख्रीष्टियन जगतका सुपरिचित लेखक, साहित्यकार तथा सङ्गीतकार लोकनाथ मनेनको प्रमुख आथित्यमा सम्पन्न भएको सो म्युजिक भिडियोले विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसले मानिसहरूलाई निराश बनाइरहेको बेला मानिसहरूमा आशा प्रदान गर्ने ‘कति घुँडाहरू’ नामक बोलको म्युजिक भिडियो मंगलबार एक कार्यक्रम गरी लञ्च गरिएको हो ।

साजन परियारको शब्द रचना, सुवास भुसालको सङ्गीत, गायक प्रताप दास र गायिका सुश्मा विश्वकर्माको स्वर रहेको म्युजिक भिडियोमा विभिन्न क्षेत्रका ब्यक्तिहरूलाई फिचरिङ गरिएको देख्न सकिन्छ ।

सो म्युजिक भिडियो लञ्च कार्यक्रममा पास्टर शामुएल तामाङले परमेश्वरको वचनबाट उत्साहपूर्ण वचन बोल्नुभएको थियो । उहाँले वचन बोल्ने क्रममा सङ्गीतले मानिसको जीवन बदल्ने भएकाले यस कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । त्यसैगरी लेखक तथा साहित्यकार लोकनाथ मनेनले पास्टर राजु सुन्दासले बनाउनु भएको यस भिडियो विमोचन कार्यक्रममा आउन पाउँदा आफूलाई खुशी लागेको र यो म्युजिक भिडियोले सबैमा आशा जगाउन सकोस् भन्ने सुभेक्षाको मन्तब्य राख्नुभएको थियो । त्यस अवसरमा त्यस गीतको शब्द रचनाकार साजन परियार, सङ्गीतकार सुवास भुसालले पनि आफ्ना मन्तब्य राख्नुभएको थियो भने गायिका सुश्मा विश्वकर्माले विमोचन गरिन लागेको गीत गाउनुभएको थियो ।

अन्त्यमा पास्टर राजु सुन्दासले आउने दिनहरूमा ख्रीष्टियन गीत सङ्गीतले सु–समाचारीय काम गर्ने भएकाले म्युजिक भिडियो निर्माणमा आफू लागि पर्ने जानकारी दिनुभएको थियो । उहाँले अब आउने दिनहरूमा मिडिया र सङ्गीतको क्षेत्रबाट सु–समाचारीय काम हुने भएकाले आफूलाई सबै मिडियाकर्मीहरूको ठूलो साथ र सहयोग चाहिने भएकाले साथ दिन आग्रह गर्नुभएको थियो । आउने दिनहरूमा प्रत्येक महिना आफूहरूले एउटा म्युजिक भिडियो निर्माण गर्ने योजना बनाएको पनि उहाँले जानकारी गराउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...