२०८१ अशोज ५, शनिबार
2024 September 21, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

संयुक्त ईलोहिम कादोश मण्डली उद्घाटन सम्पन्न

ललितपुर, १९ भदौ । ललितपुरको सातदोबाटोमा संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन आज एक भब्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

आज मंगलबारका दिन सम्पन्न भएको चर्च उद्घाटन कार्यक्रममा रेभ. पास्टर ज्योति कुमार सुनुवारले परमेश्वरको वचनबाट उत्साहको वचन बोल्नुभएको थियो । सो कार्यक्रममा काठमाण्डौं उपत्यकामा रहनुभएका विभिन्न चर्चका पास्टरहरू, महिला पास्टरहरूका साथै विभिन्न लब्धप्रतिष्ठित व्यक्तिहरूको समेत आथित्यता रहेको थियो ।

सो मण्डली उद्घाटन कार्यक्रममा पास्टर माया सुनुवारले विदेशमा रहेर पनि नेपाली भाषी मण्डलीप्रति दिनुभएको योगदानको प्रशंसा गर्दै आफ्नै मातृभूमिमा फर्किनु भई नयाँ चर्च स्थापना गरी आफ्नो पास्टरीय सेवकाईलाई निरन्तरता दिनुभएकोमा खुशी व्यक्त गर्दै अतिथिहरूले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । यसरी मन्तब्य दिनुहुनेमा रेभ. पा. चेत बहादुर खरेल, रेभ. पा. जारन राई, पा. जोनाथन सुनुवार, पा. अष्टमाया लामा, आशा नेपालकी डाइरेक्टर विमला थापा, पास्टर बाला तामाङ, पास्टर डिसन डि.सी. लगायत हुनुहुन्थ्यो ।

रोजगारीको लागि इस्राएल पुग्नु भएका पास्टर माया सुनुवारले इस्राएलमा कामका साथै करिब २० वर्ष मण्डली सेवकाई गरेपछि हाल नेपालमा आउनु भएको हो । यहाँ आउनु भएपछि उहाँले मण्डली स्थापना गरी निरन्तर पास्टरीय सेवकाई मार्फत आफ्नो जीवनलाई परमेश्वरको काममा समर्पण गर्ने निर्णयपछि यो मण्डली सुरु गर्नुभएको हो ।

स्मरण रहोस्, रोजगारीको सिलसिलामा इस्राएलमा रहनु हुँदा पास्टर माया सुनुवारले नेपालमा विभिन्न क्षेत्रमा सेवा पुर्याउनुभएको थियो । नेपालबाट इस्राएलमा गएका नेपालीहरूलाई सहयोग गर्नेदेखि नेपालमा बाढी पहिरो लगायत अन्य विभिन्न समस्यामा परेकाहरूलाई समेत उहाँ तथा उहाँ सेवारत मण्डलीले सहयोग गर्ने गरेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...