२०८१ अशोज ५, शनिबार
2024 September 21, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आधुनिक इस्राएलको ऐतिहासिक परिचय नामक पुस्तक विमोचन

डडेल्धुरा । ख्रीष्ट महिमा मण्डली अन्तर्गत नेपाल इन्स्टिच्यूट अफ थियोलोजिकल स्टडिज (निट स्टडिज) विश्वविद्यालयको सभा हलमा आज जेठ २ गते बुधबारका दिन एक कार्यक्रमका साथ “आधुनिक इस्राएलको ऐतिहासिक परिचय” नामक पुस्तक विमोचन सम्पन्न भएको छ ।

ख्रीष्ट महिमा मण्डली र निट स्टडिज विश्वविद्यालयका संस्थापक तथा निर्देशक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ले लेख्नुभएको १६औँ पुस्तक “वर्तमान इस्राएलको ऐतिहासिक परिचय”को विमोचन भएको हो । विशेषगरी पाठक वर्गहरु सबैलाई लक्षित गरी लेखक डा. लुहारले लेख्नुभएको पुस्तक विश्वभरिका नेपाली भाषी सम्पूर्ण जन–समुदायका लागि एउटा आशिषको श्रोत हुने लक्ष्य राखिएको लेखकले बताउनुभएको छ ।

लेखक रेभ.डा. लुहारले सभाध्यक्षता गर्नुभएको उक्त कार्यक्रमकोे प्रमुख अतिथिको रुपमा संविधानसभा सदस्य माननीय श्री पुरन सिंह दयाल हुनुहुन्थ्यो भने अमरगढ़ी इसाई समाजका अध्यक्ष तथा डडेल्धुरा चर्च डडेल्धुराका बरिष्ठ पा. पदम सिंह भाट, सेल्भेसन चर्च डडेल्धुराका बरिष्ठ सेवक श्री जित राज भट्ट, जीवन रक्षा केन्द्रका संस्थापक तथा निर्देशक श्री राज मनराल र आदरणीय पा. जि. जोएते विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।

त्यसैगरी श्री दुर्गा देवी लुहार, श्री मिना सिंह, श्री रोशन मनराल, श्री विशाल तोराथ, श्री उर्मिला सिंह, श्री उमेश सिंह, रेभ. महेश राम लावड, श्री लक्ष्मण पार्की, श्री रन्जिता राना पा. सन्जय ओड, श्री विष्ना लावड, श्री शारदा भुल, पा. बिस राम भुल, पा. राजकुमार बि.क., श्री भरत लुहार, रेभ. भीर सिंह राना, पा. श्रवण कुमार राना, पा. प्रेम बहादर चौधरी, रेभ. बल बहादुर कुमाल, श्री फ़ैरो तामाङ र पा. प्रदिप तामाङ अतिथिको रुपमा रही कार्यक्रमको शोभा बढ़ाउनुभएको थियो ।

नेपालका १२ वटा जिल्लाका आदरणीय पाष्टरहरु लगायत मित्र राष्ट्र भारतका ३ वटा प्रदेशका गरी करिब १२० जना सहभागीहरुको प्रत्यक्ष उपस्थितिमा आयोजित कार्यक्रमको सञ्चालन पा. खुसी राम चौधरीले र कञ्चनपुर समन्वय समितिका भु.पू. संयोजक श्री फ़ौरन तामाङले सुरुको प्रार्थनामा अगुवाई गर्नुभएको थियो । उक्त पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथिले पवित्र बाइबलको लूका १७ः११–१९, १ थेसलोनिकी ५ः१८ र एफिसी ५ः२० अनुसार “धन्यवादी हुने” विषयमा वचन सन्देशबाट सबैलाई उत्साहित पार्नुभएको थियो ।

प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुको संयुक्त बाहुलीद्वारा पुस्तकको विमोचन गरिएको थियो भने प्रमुख अतिथिले पुस्तकको प्रभावकारी सफलताको लागि प्रार्थनामा अगुवाई गर्नुभएको थियो । प्रमुख अतिथि र विशिष्ट अतिथिबाट पालै–पालो शुभकामना मन्तव्य, श्री जित राज भट्टबाट संक्षिप्त गवाही र श्री राज मनरालबाट जनचेतनामूलक स्थानीय सांगीतिक कोसेली सुनेर सबै सहभागीहरु अति उत्साहित र आशिषित भएका थिए । अन्तमा सभाध्यक्षले आगन्तुक अग्रज पाहुनाहरुलाई सम्मान–पत्र हस्तान्तरण गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो भने सफलता र आशिष सहितको अन्तिम प्रार्थना रेभ. बल बहादुर कुमालले गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...