२०८१ अशोज ४, शुक्रबार
2024 September 20, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

इन्टाग्राम युवाहरूको मानसिक स्वास्थ्यका लागि हानिकारक

बेलायतमा गरिएको एक सर्भेषणले सामाजिक सञ्जाल इन्टाग्राम युवाहरूको मानसिक स्वास्थ्यका लागि सबैभन्दा हानिकारक रहेको देखाएको छ । उक्त मत सर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरसम्मका १ हजार ४७९ जना युवाहरूलाई शीर्ष पाँच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक प्रभाव पारेको छ भनि सोधिएको थियो । जसमा चिन्ता, निराशा, एकांकीपना, धम्की र शरीरको छविलाई आधार बनाएर गरिएको थियो ।

रोयस सोसाइटी फर पब्लिक हेल्थ स्टडीले सामाजिक सञ्जालको व्यापक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने र मानसिक समस्या भएका प्रयोगकर्ताको पहिचान गर्नुपर्ने बताउँछन् । रिपोर्टले भन्छ कि सामाजिक सञ्जालले युवाहरूको लागि मानसिक समस्या बढाइरहेको छ ।

अन्य उमेर समूहको तुलनामा सबैभन्दा बढी ९० प्रतिशत युवा सामाजिक सञ्जालमा सक्रिय छन् । त्यही भएर उनीहरू यसका प्रभावबाट सबैभन्दा बढी खतरामा रहेका छन् । यद्यपि अहिलेको अध्ययनले यस्ता खतरा के केमा छन् भनेर चाहिँ प्रष्ट पारेको छैन ।

टिनएजर हुँदा सामाजिक सञ्जालमा सक्रिय हुँदा शुरुवातमा युवाहरूलाई सामाजिक सञ्जालबाट आफूलाई महत्व दिइएको भान भएता पनि विस्तारै वास्तविक जीवनभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय हुन थालेपछि धेरै युवामा डिप्रेसनको समस्या आएको उक्त सर्वेक्षणले देखाएको छ । तर कसरी भने यसलाई सकारात्मक रुपमा प्रयोग गरेको खण्डमा समस्याबाट उम्कन पनि सकिन्छ ।

अनलाइनमा गरिएको सर्वेक्षणमा युट्युव, इन्टाग्राम, स्नापच्याट, फेसबुक र ट्वीटरले आफ्नो मानसिक स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भनेर प्रश्न सोधिएको थियो । जसमा युट्युवबाट सबैभन्दा सकारात्मक प्रभाव परेको र स्नापच्याट र इन्टाग्रामबाट सबैभन्दा बढी नकारात्मक प्रभाव परेको नतिजा आएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...