२०८१ अशोज ५, शनिबार
2024 September 21, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

रेभ. डा. नरीराम लुहार अन्तर्राष्ट्रिय नेल्सन मण्डेला पुरस्कारबाट सम्मानित

दिल्ली, अगष्ट २३, २०२४ । इन्टरनेशनल ह्युमन राइट एम्बास्डोरर्स नामक संस्थाले आज भारतको दिल्लीमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय नेल्सन मण्डेला पुरस्कारबाट सम्मानित गरेको छ ।

ऐतिहासिक रेकर्ड राख्न सफल के.एम.एम. मिनिष्ट्रिज र निट स्टडिज बाइबल कलेजका संस्थापक तथा निर्देशक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ भिमदत्त–९, ब्रह्मदेव, कञ्चनपुरमा एक पिछडि़एको परिवारमा जन्मेर पनि सामाजिक, आध्यात्मिक र मानवीय क्षेत्रमा अतुलनीय सेवा र योगदान गरेकोले उच्च मुल्याङ्कनबाट विगतमै १२ वटा फरक विधामा १२ पटक विश्व रेकर्डमा नाम दर्ता गराई विश्वकै कीर्तिमान राख्ने असल र सफल व्यक्तित्व हुनुहुन्छ ।

इन्टरनेशनल ह्युमन राइट एम्बास्डोरर्स नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा उहाँलाई भारतको दिल्लीमा स–परिवार बोलाई अन्तर्राष्ट्रिय नेल्सन मण्डेला पुरस्कारबाट आज सम्मानित गरेको हो ।

उहाँले सो पुरस्कारबाट सम्मानित भएपछि हामीलाई प्रतिक्रिया दिनुहुँदै आफू यस अन्तर्राष्ट्रिय नेल्सन मण्डेला पुरस्कारबाट सम्मानित हुन पाउँदा अत्यन्तै खुशी लागेको र आयोजकप्रति धन्यवादी भएको बताउनुभयो । नेपाली समाज, देश विकास र समुदायको लागि अझै धेरै काम गर्न बाँकी रहेको र त्यस कार्यका लागि सबैको साथ, सहयोग र प्रार्थनाको खाँचो रहेको बताउनुभयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...