२०८१ अशोज ५, शनिबार
2024 September 21, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नयाँ नेतृत्व चयन गर्दै मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न

ललितपुर, भाद्र ३, २०८१ । ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभाबाट पास्टर तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ ।

निर्वतमान अध्यक्ष पास्टर हिराकाजी महर्जनको अध्यक्षतामा बसेको सो साधारण सभामा यस संगतिका सह–कोषाध्यक्ष एल्डर कल्पना थापाले स्वागत मन्तब्य राख्नुभएको थियो । पास्टर फेलोसिपका अध्यक्ष प्रमुख अतिथि पास्टर बिरु घिसिङले परमेश्वरको वचनबाट हामीमा पनि ख्रीष्टको जस्तै मन हुनुपर्छ भन्ने विषयमा बोल्नुभएको थियो । अतिथि ग्वार्को पूर्व इसाई समाजका अध्यक्ष पा. इन्द्र कुमार बस्नेत, ललितपुर ख्रीष्टिय समाजका अध्यक्ष पा. सुन्दर गुरुङले शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यसैगरी यस संगतिका कानुनी सल्लाहकार मुकेश महर्जनले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो ।

सो साधारण सभामा सचिव पा. अशोक गोतामेले प्रगति विवरण र चालु आर्थिक वर्षको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष पा. दिनेश जर्गा मगरले आयव्यय विवरण र चालु वर्षको अनुमानित बजेट पेश गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा उपाध्यक्ष पा. तेज बहादर सूर्यवंशीले धन्यवादको मन्तब्य राख्नुभएपछि निवर्तमान अध्यक्ष पास्टर हिराकाजी महर्जनले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभई समापनको दुई शब्द राख्नुभई खुल्ला सत्र समापन गर्नु भएको थियो ।

खानापछि शुरु भएको बन्द सत्रमा विभिन्न विषयहरू निर्णय गरेपछि निर्वाचन मण्डलले नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरेको थियो । सोहि अनुसार सर्वसम्मत तरिकाबाट पा. तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । जसअनुसार पा. शावल गुरुङ उपाध्यक्ष, पा. हिराकाजी महर्जन सचिव, अमृता महर्जन सहसचिव, पा. दिनेश जर्गा मगर कोषाध्यक्ष, पा. आकाश थामी सह–कोषाध्यक्ष र सदस्यहरूमा मिना शाक्य, कल्पना थापा, लाप्चन तामाङ चयन हुनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...