२०८१ अशोज ५, शनिबार
2024 September 21, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

१३औं युवा दर्शन चेलापन मिसन तालिम सम्पन्न

जेठ २८ गते । प्रकाश बानियाँ, बेनी, म्याग्दी । बेनी बजारस्थित दर्शन मण्डलीले आयोजना गरेको दुई महिने १३औं युवा दर्शन चेलापन मिसन तालिम गत जेठ २७ गते दिक्षान्त कार्यक्रम गरेर समापन गरेको छ ।

उक्त कार्यक्रमको सुरुवातको प्रार्थना कार्यक्रम सञ्चालक सहायक पास्टर रुवेन थापा मगरले गरी सुरुवात भएको कार्यक्रमको सभाअध्यक्ष तालिम निर्देशक पास्टर सूर्य बहादुर तिलिजाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा काठमाण्डौबाट पास्टर समुएल तामाङ र वचन वक्ताको रुपमा पोखराबाट पास्टर पूर्णलाल कायस्थ हुनुहुन्थ्यो । उक्त कार्यक्रममा पर्वत, बाग्लुड. र म्याग्दीका विभिन्न चर्चका पास्टर तथा अगुवाहरुको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य स्थानीय मण्डलीका बरिष्ठ एल्डर नर बहादुर गर्बुजाले राख्नुभएको थियो । वचन पूर्णलाल कायस्थले युवा दर्शन चेलापन मिसन तालिमसँग आफ्नो गहिरो सम्बन्ध भएको कुरा व्यक्त गर्दै युहन्ना १५ः१६ बाट सबै जनालाई ख्रीष्ट येशुको सेवाको निम्ति नियुक्त भएको कुराबाट उत्साहपूर्ण वचन बाँड्नुभएको थियो ।

कार्यक्रमको आर्थिक भार स्थानीय मण्डली विश्वासीले गुन्दुक, सिन्की, चामल, दाल इत्यादी दिएर र कुनै पनि बैदेशिक सहायता नलिएको कुरा डिकनेस शान्ता पुनले सबै हिसाब लेखि राखेको कुरा बताउनुभयो । प्रशिक्षार्थीले तालिमको अवधिमा बाहिर गएर एक महिनाको अनुभव साथै नाटक नाच प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि समुएल तामाङले आफ्नो मन्तव्य राख्दै चेलापन तालिमले नै आफ्नो जीवन सेवकाईमा दिन पे्ररित गरेको कुरा बताउनुभयो ।

युवा दर्शन चेलापन मिसन तालिमको औचित्य र उद्देश्यको बारेमा तालिम निर्देशक पास्टर सूर्य तिलिजाले प्रस्ट पार्नु भई अन्तिम प्रार्थना गरी दिक्षान्त कार्यक्रम समापन भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...