२०८१ अशोज ५, शनिबार
2024 September 21, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

१३औं अन्तर मण्डली फुटबल टुर्नामेन्ट २०२४को उपाधि अनुग्रह मण्डली सामाखुसीलाई

काठमाडौं , जेठ ७, २०८१ । नेपाल स्पोट्र्स फेलोसिपद्वारा आयोजित १३औं अन्तर मण्डली फुटबल टुर्नामेन्ट २०२४ सम्पन्न भएको छ । गत शनिबार एन्फा कम्प्लेस सातदोबाटोमा सम्पन्न भएको टुर्नामेन्टको फाइनल खेलमा अनुग्रह मण्डली सामाखुसी र बिलिभर्स इस्टर्न मण्डली बिच भएको थियो ।

उक्त फाइनल खेलमा बिलिभर्स मण्डलीले १ गोल गरेको थियो भने अनुग्रह मण्डली सामाखुसीले २ गोल गर्दै प्रतियोगिताको च्याम्पियन हुन सफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा एन्फाका महासचिव किरण राई र नेपाल फुटबल प्लयेर्स एसोसेसनका प्रेसिडेन्ट बिक्रम लामा रहनु भएको थियो । उक्त फाइनल खेलमा दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो । प्रमुख अथितिहरुको बाहुलीबाट बिजेता र उपबिजेता मण्डलीहरुले क्यास प्राइज, प्रमाणपत्र, मेडल र ट्रफी हस्तान्तरण गरिएको थियो । बिजेता मण्डलीले पचास हजार र उपबिजेता मण्डलीले पच्चीस हजार नगद प्राप्त गर्नु भएको थियो । यस पटकको प्रतियोगितामा १८ वटा मण्डलीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा केहि महिनायता नेपाल इसाई जगतका निक्कै महत्वपूर्ण पास्टरहरुको रेभ. रेशमराज पौडेल, मोरान मोर एथेनासियस योहान मेट्रोपोलिटन र रेभ.डा. एडोंन रोंग्गंगको मृत्युको सम्झनामा खेल सुरु हुनु अघि एक मिनेट मौनधारण समेत गरिएको थियो ।

खेलको माध्यमद्वारा मण्डलीहरु बीच एकता र निरन्तर संगति कायम राख्न यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आइरहेको कुरा संस्थाका सचिव प्रकाश पाख्रिनले बताउनु भयो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...