सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एनसिएफ र एनसिएसले महासंघसँग तोडे ७ बुँदे सहमति

काठमाडौं, २०८० असोज ६ गते । नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) र नेपाल ख्रीष्टियन समाज (एनसिएस) ले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग गत मिति २०७८ माघ २८ गते गरेको सात बुँदे सहमति तोडेर हाल महासंघसँग कुनै पनि संगति र सहकार्य नहुने स्पष्ट पारेको छ ।

एनसिएफ र एनसिएसका अध्यक्षहरूले संयुक्त रुपमा हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा आफूहरूले गरेको सहमति तोड्नुको कारण स्पष्ट पारेको हो । उक्त विज्ञप्तिमा हालैका दिनहरूमा महासंघभित्र देखिएको विवाद, आपसी झगडा, मुद्दा/मामला र खिचातानी भएको र यस्तो असहज परिस्थितिमा महासंघको कुनै पनि समूहको पक्ष वा विपक्षमा नलाग्ने र सहकार्य पनि गर्न नसक्ने कुरा संयुक्त एक विज्ञप्ति प्रकाशन गर्दै बताएको हो ।

स्मरण रहोस्, मिति २०७८ माघ २८ गते तदानुसार फेब्रूअरी ११, २०२२ शुक्रबारका दिन ललितपुरको सानेपास्थित आराधना चर्चमा यी तीन संस्थाबिच सात बुँदे सहमति गर्दै एकअर्काबिचमा संगति र सहकार्य गर्ने भन्दै सहमति भएको थियो । साथै यो बिचमा तीन संस्थाबिच ख्रीष्टियन समुदायका कतिपय साझा मुद्दाहरूमा संगति र सहकार्य हुँदै आएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...