२०७५ पुस १३, काठमाडौँ । अन्तर्राष्ट्रिय चाडकाे रुपमा स्थापित ख्रीष्टमस डे (पुस १० गते) काे अवसरमा नेपाल सरकारले यस वर्ष सार्वजनिक रुपमा विदा नदिएपनि स्थानीयस्तरमा सार्वजनिक विदा दिएको खबर सार्वजनिक भएको छ ।
तेह्रथुम जिल्लास्थित लालीगुराँस नगरपालिकाले स्थानीय रुपमा ख्रीष्टमसका दिन सार्वजनिक बिदा दिई संविधानमा उल्लेखित धर्मनिरपेक्षतालाई व्यवहारत लागू गरी समानता,न्यायकाे पक्षमा रहेकाे सन्देश विश्व सामु दिन सफल भएको पाइएको हो । उल्लेखनीय कार्य गरेकाे प्रति सोहि नगरपालिका बस्ने ख्रीष्टियनहरूले मात्र नभई नेपालकै ख्रीष्टियन समुदायको तर्फबाट नै सिङ्गो लालिगुराँस नगरपालिका र नगर प्रमुख अर्जुन बाबु माबुहाङ्ग धन्यवादको पात्र भएको खबर प्राप्त भएको छ ।
नेपालका सम्पूर्ण ख्रीष्टियन समुदायले आगामी वर्षहरूको ख्रीष्टमसका दिनमा नेपाल सरकारले नेपालमा बस्ने नेपाली सम्पूर्ण ख्रीष्टियन समुदायको भावनालाई कदर गर्दै सार्वजनिक रुपमा विदाको घोषणा गर्नेछ भनि आशा राखेका छन् ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४